छठको मुख्य दिन आजः अस्ताउँदो सूर्यलार्इ अर्घ दिई मनाइँदै, तराई मात्र होइन पहाडमा पनि उल्लास :: Pahilopost.com

काठमाडौंः अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएर आज छठ पर्व विशेष उल्लासका साथ मनाइँदैछ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज प्रमुख दिन हो। सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आइतबारदेखि सुरु भएको हो।  द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको धार्मिक

सम्बन्धित सामग्री

तराई मधेसमा जारी छ होलीको उल्लास

तराई मधेसमा रंगहरूको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदै छ । आइतबार यहाँका पहाडी समुदायले होली पर्व खेलेका थिए भने सोमबार पहाडी र मधेसी लगायत सबै समुदायले होली खेल्दै छन् ।

तराई–मधेशमा होली : बढ्दो उत्साह, घट्दो मौलिकता

वीरगञ्ज । तराई मधेशमा फगुवा अर्थात् होली मुख्य पर्व हो । यो रङहरूको उत्सवमात्र होइन, सद्भाव आत्मीयताको प्रतीक पनि हो । पहाडी र हिमाली क्षेत्रभन्दा तराई/मधेशमा १ दिनपछि यो पर्व मनाइन्छ । मधेशमा यसपटक मंगलवार मनाइने भए पनि यो पर्वको उल्लास १ दिनपछाडि धकेलिएको छ । अर्थात् अधिकांशले यसपटक बुधवार होली मनाउने तयारी गरिरहेका छन् । होलीमा मांसहारी परिकार खाइने भएकाले बुधवार पनि पर्व मनाउन लागिएको हो । धेरैजसोले मंगलवार माछामासु बार्ने भएकाले खानपानकै लागि यसपटक २ दिन होली मनाउन लागिएको हो । तराई/मधेशका सांस्कृतिक मामिलाका जानकार पत्रकार चन्द्रकिशोर फागुपर्व मधेशमा बसोवास गर्ने समुदायबीच आपसी सद्भाव र सम्बन्ध अभिवृद्धिको माध्यम बनेको दाबी गर्छन् । एक समय राजनीतिक रूपमा समुदायबीच बढ्दो दूरी यस्ता सांस्कृतिक अवसरहरूले घटाएको स्मरण गर्दै उनी भन्छन्, ‘यो क्षेत्रमा मनाइने फागुपर्वले विभिन्न समुदायबीच देखापरेका मनोवैज्ञानिक दूरीलाई मेट्दै आपसी सद्भाव र सम्मान अभिवृद्धिमा सघाउ पुर्‍याएको छ ।’ पर्वले समुदायको बीचमा बढाएको अपसी अन्तर्घुलन र उल्लासलाई प्रवर्द्धन गरी अझ प्रगाढ र बलियो बनाउन सक्नुपर्ने भनाइ जानकारहरूको छ । पछिल्लो समय होली पर्व सामूहिकता प्रदर्शनको माध्यम बनेको बुझाइ पनि उनीहरूको छ । चन्द्रकिशोर भन्छन्, ‘होलीको संस्कृति र परम्पराले समुदायबीचको आर्थिक र सामाजिक दूरी घटाउने काम गरेको छ ।’ यस क्षेत्रको लोकसंस्कृतिका जानकार सञ्चारकर्मी रीतेश त्रिपाठी भने पछिल्लो समयमा होलीको सांस्कृतिक पक्ष अतिक्रमित हुन पुगेकोमा चिन्तित छन् । ‘होलीअगावै गाउँघर र शहरका गल्लीमा गुञ्जिने होलीका परम्परागत संगीत ‘होरी’ अहिले सुन्न पाइँदैन,’ त्रिपाठी बताउँछन् । होलीका गीतका नाममा हिन्दी र भोजपुरी भाषामा रेकर्ड भएका अन्य गीतले प्रवेश पाएका छन् । परम्परागत गीत गाउने चलन लोप भएर गएको छ । ‘तराईमा प्रचलित लोकबाजाहरू ढोलक, डम्फा, झाल र मञ्जरी बजाएर गाइने होलीका गीत अहिले बिरलै सुन्न पाइन्छ । होलीको बहानामा मादक पदार्थ सेवन र यसबाट आपसी झैझगडाका घटनाहरू बढ्न थालेका छन् । यसले विभिन्न विकृति र विसंगतिलाई पनि बढाएको छ,’ उनले भने । होली मिलन समारोहमा बजाइने बनिबनाउ गीतको चर्को अतिक्रमणले फगुवाको लोक संस्कृति लोप हुँदै गएकाले जगेर्नामा जागरुक हुनुपर्ने धारणा यो क्षेत्रका जानकारहरूको छ । पहिला श्रीपञ्चमीलगत्तै गाउँघरमा होली गाउने चलन रहेको त्रिपाठी स्मरण गर्छन् । ‘गाउँघरमा होलीको धार्मिक मान्यतामा आधारित सांस्कृतिक गीतहरू सुनिन्थ्यो । त्यो मौलिकता अहिले देख्न पाइँदैन,’ उनले भने । विभिन्न प्रसारण र सञ्चारमाध्यममा होली गीत भनेर बजाइने अहिलेका गीतमा परम्पराको आभाससमेत नपाइने दाबी जानकारहरूको छ । होलीलाई आफन्तबीच भेटघाट र उमंगको अवसरका रूपमा पनि लिइन्छ । यो पर्वमा टाढाटाढाबाट परिवारका सदस्य र आफन्तहरू भेटघाटका लागि एक ठाउँमा भेला हुन्छन् । आपसमा रङ दलेर मान्यजनबाट आशीर्वाद लिई शुभकामना आदानप्रदान गर्छन् । यो पर्वलाई आपसी रिसराग त्यागेर सुमधुर सम्बन्ध विस्तारको पर्वका रूपमा समेत लिइन्छ । काम विशेषले टाढा रहेका परिवारका सदस्य यो बेला होली मनाउन घर फर्किने भएकाले यो पर्व मिलनको अवसर पनि हो । फगुवामा परिवारका सबै सदस्य, आफन्त र साथीसंगी भेला भएर आपसमा रमाइलो गरी मीठो परिकार खाने चलन छ । ‘होली मनाउने तौरतरीका पनि फेरिएको छ । कृषिमा आधारित पर्वहरूमा अहिले आधुनिकताले प्रवेश पाएको छ,’ होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले भने । पहिले तराईमा १ महीनाअगावै होलीको माहोल शुरू हुने गरेकोमा अहिले यसको रौनक २/४ दिनमा सीमित हुन पुगेको छ ।

छठको व्रतः जे माग्यो त्यही पुग्ने विश्वास

झापा – तराईका अधिकांश जिल्ला तथा पहाडका नदी तलाउमा मनाइँदै गरिएको छठ पर्वको उल्लास अब तराईवासी समुदायको मात्र रहेन । झापाका विभिन्न नदी तलाउमा मनाइँदै गरिएको छठ पर्वमा तराई तथा पहाडवासीको उत्तिकै उपस्थिति र श्रद्धा रहँदै आएको छ । विगतका केही वर्षहरू कोरोना महामारीका कारण खुम्चेको छठ पर्व यसपाली खुलेको छ। झापाका मेची, बिरिङ, कनकाई, […]

होलीको उल्लासमा रमाउँदै गरेका सर्वसाधारण(फोटो फिचर)

चैत ३, काठमाडौं । काठमाडौंको न्यूरोडस्थित बसन्तपुर क्षेत्रमा बिहीवार फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा रमाउँदै गरेका नेपालीहरु तथा विदेशीहरु । शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद समयमा होली पर्व मनाउने प्रचलन रहि आएको छ । उनीहरुले एकअर्कामा अबिर दलेर होली मनाएका छन् । होलीका अवसरमा कतिपय व्यापारीहरु रंग, पानी, बरफ, पिचकारी र लस्सीको व्यापार गर्न व्यस्त देखिन्थे।  सरकारले सार्वजनिक बिदासमेत दिएकाले काठमाडौं आसपासका सहरमा होलीको उल्लास हेर्नलायक देखिन्थ्यो ।  होलीको अवसरमा हुने अवाञ्छित गतिविधि तथा मादकपदार्थ सेबनलाई ध्यानमा राख्दै चोक - चोकमा सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो । गत वर्ष भने कोरोना महामारीका कारण सार्वजनिक स्थानहरूमा होली मनाइएको थिएन । तराई - मधेसमा सरकारले शुक्रवार सार्वजनिक बिदा दिएको छ ।    तस्वीरहरु : सुनिल शर्मा / आर्थिक अभियान

छठी माईको पूजाका लागि सजियो वीरगंजको घडिअर्वा पोखरी : दृश्यमा छठको उल्लास

वीरगंज : तराई-मधेशको मुख्य पर्व छठ वीरगंजमा धुमधामका साथ मनाइँदै छ। प्रदेश २ कै मुख्य छठ घाटको रुपमा वीरगंजका विभिन्न छठघाट प्रसिद्ध छन्। यसपटक पनि वीरगंजमा उल्लासमय वातावरणमा छठको अवसरमा घडिअर्वा पोखरी, स्विमिङ्पुल,  आदर्शनगर, मुर्ली, नगवा, लक्षुमानवा, पिपरा, रानीघाट, सुसुखचैना, पटेलनगर, जगरनाथपुर, मनियारी, भवानीपुर, पिपरालगायत बारा, पर्साका विभिन्न छठघाटहरु दुलही…

तराई मधेशमा रक्षाबन्धनको उल्लास

महेन्द्रनगर, धनुषा, भदौ १० गते । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको...