चैत ३, काठमाडौं । काठमाडौंको न्यूरोडस्थित बसन्तपुर क्षेत्रमा बिहीवार फागु पूर्णिमा अर्थात् होली पर्वको अवसरमा रमाउँदै गरेका नेपालीहरु तथा विदेशीहरु ।
शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद समयमा होली पर्व मनाउने प्रचलन रहि आएको छ ।
उनीहरुले एकअर्कामा अबिर दलेर होली मनाएका छन् । होलीका अवसरमा कतिपय व्यापारीहरु रंग, पानी, बरफ, पिचकारी र लस्सीको व्यापार गर्न व्यस्त देखिन्थे। सरकारले सार्वजनिक बिदासमेत दिएकाले काठमाडौं आसपासका सहरमा होलीको उल्लास हेर्नलायक देखिन्थ्यो ।
होलीको अवसरमा हुने अवाञ्छित गतिविधि तथा मादकपदार्थ सेबनलाई ध्यानमा राख्दै चोक - चोकमा सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो । गत वर्ष भने कोरोना महामारीका कारण सार्वजनिक स्थानहरूमा होली मनाइएको थिएन ।
तराई - मधेसमा सरकारले शुक्रवार सार्वजनिक बिदा दिएको छ ।
तस्वीरहरु : सुनिल शर्मा / आर्थिक अभियान