तराई–मधेशमा होली : बढ्दो उत्साह, घट्दो मौलिकता

वीरगञ्ज । तराई मधेशमा फगुवा अर्थात् होली मुख्य पर्व हो । यो रङहरूको उत्सवमात्र होइन, सद्भाव आत्मीयताको प्रतीक पनि हो । पहाडी र हिमाली क्षेत्रभन्दा तराई/मधेशमा १ दिनपछि यो पर्व मनाइन्छ । मधेशमा यसपटक मंगलवार मनाइने भए पनि यो पर्वको उल्लास १ दिनपछाडि धकेलिएको छ । अर्थात् अधिकांशले यसपटक बुधवार होली मनाउने तयारी गरिरहेका छन् । होलीमा मांसहारी परिकार खाइने भएकाले बुधवार पनि पर्व मनाउन लागिएको हो । धेरैजसोले मंगलवार माछामासु बार्ने भएकाले खानपानकै लागि यसपटक २ दिन होली मनाउन लागिएको हो । तराई/मधेशका सांस्कृतिक मामिलाका जानकार पत्रकार चन्द्रकिशोर फागुपर्व मधेशमा बसोवास गर्ने समुदायबीच आपसी सद्भाव र सम्बन्ध अभिवृद्धिको माध्यम बनेको दाबी गर्छन् । एक समय राजनीतिक रूपमा समुदायबीच बढ्दो दूरी यस्ता सांस्कृतिक अवसरहरूले घटाएको स्मरण गर्दै उनी भन्छन्, ‘यो क्षेत्रमा मनाइने फागुपर्वले विभिन्न समुदायबीच देखापरेका मनोवैज्ञानिक दूरीलाई मेट्दै आपसी सद्भाव र सम्मान अभिवृद्धिमा सघाउ पुर्‍याएको छ ।’ पर्वले समुदायको बीचमा बढाएको अपसी अन्तर्घुलन र उल्लासलाई प्रवर्द्धन गरी अझ प्रगाढ र बलियो बनाउन सक्नुपर्ने भनाइ जानकारहरूको छ । पछिल्लो समय होली पर्व सामूहिकता प्रदर्शनको माध्यम बनेको बुझाइ पनि उनीहरूको छ । चन्द्रकिशोर भन्छन्, ‘होलीको संस्कृति र परम्पराले समुदायबीचको आर्थिक र सामाजिक दूरी घटाउने काम गरेको छ ।’ यस क्षेत्रको लोकसंस्कृतिका जानकार सञ्चारकर्मी रीतेश त्रिपाठी भने पछिल्लो समयमा होलीको सांस्कृतिक पक्ष अतिक्रमित हुन पुगेकोमा चिन्तित छन् । ‘होलीअगावै गाउँघर र शहरका गल्लीमा गुञ्जिने होलीका परम्परागत संगीत ‘होरी’ अहिले सुन्न पाइँदैन,’ त्रिपाठी बताउँछन् । होलीका गीतका नाममा हिन्दी र भोजपुरी भाषामा रेकर्ड भएका अन्य गीतले प्रवेश पाएका छन् । परम्परागत गीत गाउने चलन लोप भएर गएको छ । ‘तराईमा प्रचलित लोकबाजाहरू ढोलक, डम्फा, झाल र मञ्जरी बजाएर गाइने होलीका गीत अहिले बिरलै सुन्न पाइन्छ । होलीको बहानामा मादक पदार्थ सेवन र यसबाट आपसी झैझगडाका घटनाहरू बढ्न थालेका छन् । यसले विभिन्न विकृति र विसंगतिलाई पनि बढाएको छ,’ उनले भने । होली मिलन समारोहमा बजाइने बनिबनाउ गीतको चर्को अतिक्रमणले फगुवाको लोक संस्कृति लोप हुँदै गएकाले जगेर्नामा जागरुक हुनुपर्ने धारणा यो क्षेत्रका जानकारहरूको छ । पहिला श्रीपञ्चमीलगत्तै गाउँघरमा होली गाउने चलन रहेको त्रिपाठी स्मरण गर्छन् । ‘गाउँघरमा होलीको धार्मिक मान्यतामा आधारित सांस्कृतिक गीतहरू सुनिन्थ्यो । त्यो मौलिकता अहिले देख्न पाइँदैन,’ उनले भने । विभिन्न प्रसारण र सञ्चारमाध्यममा होली गीत भनेर बजाइने अहिलेका गीतमा परम्पराको आभाससमेत नपाइने दाबी जानकारहरूको छ । होलीलाई आफन्तबीच भेटघाट र उमंगको अवसरका रूपमा पनि लिइन्छ । यो पर्वमा टाढाटाढाबाट परिवारका सदस्य र आफन्तहरू भेटघाटका लागि एक ठाउँमा भेला हुन्छन् । आपसमा रङ दलेर मान्यजनबाट आशीर्वाद लिई शुभकामना आदानप्रदान गर्छन् । यो पर्वलाई आपसी रिसराग त्यागेर सुमधुर सम्बन्ध विस्तारको पर्वका रूपमा समेत लिइन्छ । काम विशेषले टाढा रहेका परिवारका सदस्य यो बेला होली मनाउन घर फर्किने भएकाले यो पर्व मिलनको अवसर पनि हो । फगुवामा परिवारका सबै सदस्य, आफन्त र साथीसंगी भेला भएर आपसमा रमाइलो गरी मीठो परिकार खाने चलन छ । ‘होली मनाउने तौरतरीका पनि फेरिएको छ । कृषिमा आधारित पर्वहरूमा अहिले आधुनिकताले प्रवेश पाएको छ,’ होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले भने । पहिले तराईमा १ महीनाअगावै होलीको माहोल शुरू हुने गरेकोमा अहिले यसको रौनक २/४ दिनमा सीमित हुन पुगेको छ ।

सम्बन्धित सामग्री

होली खेलिसकेपछि कसरी गर्ने अनुहारको स्याहार ?

होली रंगहरुको पर्व हो । एकअर्कामा रंग लगाएर मनाइने यो पर्वले रमाइलो माहोल बनाउँछ । तर होली खेल्दा रंगबाट छाला र कपाललाई असर पर्नबाट कसरी जोगाउने भन्ने विषयमा भने चनाखो हुन जरुरी छ । यस्तोमा होली खेल्नुअघि र पछि अनुहार र कपालको हेरचाह गर्न जरुरी हुन्छ । ताकि, होली पनि मनाउन सकियोस्, अनुहार र कपालको […]

ओझेलमा रानाथारुको ‘होली धरन’

२२ फागुन, कञ्‍चनपुर । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारु समुदायको होली ओझेलमा परेको छ । अन्य समुदायको होली पर्वभन्दा पृथक तरिकाले मनाइने सो समुदायको होली ३८ दिनसम्म मनाइन्छ । माघ पूर्णिमादेखि सुरुआत सो होली दुई चरणमा मनाइने गरिन्छ । पहिलो चरण अन्तर्गत माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जीउँदो होली मनाइन्छ । यसपछिको आठ दिनको समय […]

ओझेलमा रानाथारुको होली

काठमाडाैं । कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारु समुदायको होली ओझेलमा परेको छ । अन्य समुदायको होली पर्व भन्दा पृथक तरिकाले मनाइने सो समुदायको होली ३८ दिनसम्म मनाइन्छ । माघ पूर्णिमादेखि सुरुआत सो होली दुई चरणमा मनाइने गरिन्छ । पहिलो चरण अन्तर्गत माघपूर्णिमादेखि फागुन पूर्णिमासम्म जीउँदो होली मनाइन्छ । यसपछिको आठ दिनको समय मृत होली […]

ओझेलमा रानाथारु समुदायको होली

दोधारा चाँदनी– कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारु समुदायको होली ओझेलमा परेको छ । अन्य समुदायको होली पर्व भन्दा पृथक तरिकाले मनाइने सो समुदायको होली ३८ दिनसम्म मनाइन्छ । माघ पूर्णिमादेखि सुरुआत सो होली दुई चरणमा मनाइने गरिन्छ । पहिलो चरण अन्तर्गत माघपूर्णिमादेखि फागुन पूर्णिमासम्म जीउँदो होली मनाइन्छ । यसपछिको आठ दिनको समय मृत होली […]

यो वर्ष मधेसमा दुई दिन होली !

हिजो पहाडी भेगमा धुमधामका साथ होली मनाइयो । तराई–मधेशमा पूर्णिमाको दिन होलिका दहन गरेको भोलिपल्ट मात्र होली मनाउने चलन छ । सोही अनुसार तराई मधेसमा हिजो होलिका दहन भएपछि आज होली मनाइएको छ । तर जनकपुरलगायत विभिन्न क्षेत्रमा भोलि शनिबार पनि होली मनाइने भएको छ । जनकपुरका पत्रकार एवं संस्कृतिकर्मी सुजित झाका अनुसार अन्तरगृह परिक्रमाका कारण जनकपुरलगायत आसपासका क्षेत्रमा यो वर्ष शनिबार मात्र होली मनाइनेछ । १५ दिने मध्यपरिक्रमा सकेको भोलिपल्ट जनकपुरमा नौ किलोमिटर अन्तरगृह परिक्रमा हुन्छ । १५

मधेशमा तीन दिन होली

मधेशका पर्वते समुदायले आज पूर्णिमाका दिन ‘होली’ मनाइरहेका छन् भने मधेश प्रदेशका मधेशीले पूर्णिमाको भोलिपल्ट ‘होली’ मनाउँछन्।...

कलाकारको होली : कोही आश्रममा, कोही परिवारसँग मनाउँदै

होली अर्थात् रङ्गहरूको पर्व । फागुन पूर्णिमाको दिन मनाइने यो पर्वमा विभिन्न होली विशेष कार्यक्रम समेत राख्ने गरिन्छ । जसमा सेलिब्रेटीदेखि नेतासम्मको सहभागिता रहने गर्दछ । केही वर्ष कोरोनाले होली कार्यक्रम बिथोलेकोले पनि यो धेरैको होली भव्य मनाउने योजना छ । हाम्रा सेलिब्रेटीको होली योजना पनि आ–आफ्नै किसिमका छन् । सेलिब्रेटीका होली योजना उनीहरूकै शब्दमा ।रवीन्द्र खड्का (अध्यक्ष कलाकार संघ) :कोरोनाको कारण तीन वर्षदेखि राम्रोसँग मनाउन नपाएको होली यो पटक रहर र उत्सुकता छ । हिजो कलाकार संघको कार

पोखरामा यसपालि होली महोत्सव हुने

पोखरा-पर्यटकीय नगरी पोखरामा यसपाली होली महोत्सव हुने भएको छ । रंगहरूको पर्वको रूपमा रहेको होली पर्वको अवसरमा रेवान पोखराले होली महोत्सव आयोजना गर्ने भएको हो ।गत बर्ष कोरोनाले गर्दा प्रभावित भएको होली पर्व यसपाली भने अघिल्ला वर्ष झै तामझामका साथ होली महोत्सव हुने भएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । एक आपसमा रङ्ग दलेर […]

यस्तो देखियो पूजा र आकाशको होली

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले आज होली पर्व साथीभाईको साथमा मनाएका छन् । काठमाण्डौका विभिन्न स्थानमा होली खेल्दै पूजा र आकाश बुढानिलकण्ठसम्म पुगेका थिए । होली पर्व भन्ने वित्तिकै खुशी र उमंगको पर्व रहेको बताउँदै नायक आकाश श्रेष्ठले कोरोनाका कारण खुम्चिएर होली मनाउन पर्दा रमाइलो नभएको बताए । उनले भने–‘होली उल्लासको पर्व हो […]

कलाकारहरले यसरी मनाए यसपालीको होली

होलीलाई रंगहरुको चार्ड पनि भनिन्छ। तर, कोरोना भाइरसले गर्दा गतवर्षको होली पनि खल्लो भयो। भारतमा कोरोना संकमण बढ्न थालेपछि नेपालमा पनि सार्वजनिक स्थलमा होली मनाउन नदिने निर्णय लागू भयो। होली विशेष कार्यक्रम पनि स्थगित भए। जसले यो वर्षको होली पनि घरमै सीमित भएको छ। आज होलीको पहिलो दिन अर्थात पहाडी…