भारतलाई सिरिज उपाधि जित्न अस्ट्रेलियाको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – अष्ट्रेलियाले तेस्रो तथा अन्तिम निर्णायक ओडिआई खेलमा घरेलु टोली भारतलाई २ सय ७० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । चेन्नइमा टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलिया ४९ ओभरमा २ सय ७९ रनमा अल आउट भयो ।अष्ट्रेलियाका ओपनर मिचेल मार्शले ४७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ४७ रन बनाए । अष्ट्रेलियालाई ओपनर […]

सम्बन्धित सामग्री

भारतलाई बंगलादेशको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – सकिब अल हसन र तौहिद हृदोयको अर्धशतकमा बंगलादेशले एसिया कपको अन्तिम सुपर फोर खेलमा भारतलाई २ सय ६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनायो । बंगलादेशका कप्तान सकिब अल हसनले ८५ बलमा ६ चौका […] The post भारतलाई बंगलादेशको प्रतिस्पर्धात्मक लक्ष्य first appeared on हाम्रो खेलकुद.

पावेलको आक्रामक ब्याटिङमा भारतलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – कप्तान रोभम्यान पावेलको आक्रामक ब्याटिङमा घरेलु टोली वेस्टइन्डिजले तेस्रो टि२० आई खेलमा भारतलाई १ सय ६० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । गयानामा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । वेस्टइन्डिजका कप्तान रोभम्यान पावेल १९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक […] The post पावेलको आक्रामक ब्याटिङमा भारतलाई प्रतिस्पर्धात्मक लक्ष्य first appeared on हाम्रो खेलकुद.

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो सिरिज उपाधि

एजेन्सी – स्पिनर एडम जाम्पाको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली भारतलाई २१ रनले हराउँदै सिरिज जितेको छ । तीन खेलको ओडिआई सिरिज अष्ट्रेलियाले २-१ ले जितेको हो । पहिलो खेल गुमाएपनि त्यसपछि उत्कृष्ट पूनरागमनका साथ अष्ट्रेलियाले सिरिज उपाधि जितेको हो । जितको लागि २ सय ७० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य […]

भारतविरुद्ध बंगलादेशको प्रतिस्पर्धात्मक ब्याटिङ

एजेन्सी – डेब्यू खेल मै युवा ओपनर जाकिर हसनले शतक हानेपछि घरेलु टोली बंगलादेशले पहिलो टेस्ट खेलमा भारतविरुद्ध प्रतिस्पर्धात्मक ब्याटिङ गरेको छ । ५ सय १३ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश चौथो दिनको खेल सकिँदा २७२–६ को अवस्थामा छ । बंगलादेशलाई अन्तिम दिन जितको लागि २ सय ४१ रन र भारतलाई चार विकेट आवश्यक […]

भारतलाई पाकिस्तानको प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – अनुभवी ब्याटर इफ्तिखार अहमद र शन मकसुदको अर्धशतकमा पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतलाई १ सय ६० रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५९ रन बनायो । पाकिस्तानको लागि शन मकसुद ४२ बलमा ५ चौका सर्वाधिक […]

हेन्ड्रिक्स र माक्ररमको अर्धशतकमा भारतलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याटर रिजा हेन्ड्रिक्स र एडेन माक्ररमको अर्धशतकमा दक्षिण अफ्रिकाले दोस्रो ओडिआई खेलमा भारतलाई २ सय ७९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । राँचीमा टस जितेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ७८ रन बनायो । दक्षिण अफ्रिकाका लागि एडेन माक्ररमले ८९ बलमा ७ चौका र […]

मेयर्स चल्दा भारतलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – ओपनर काइल मेयर्सको उत्कृष्ट ब्याटिङमा वेस्टइन्डिजले तेस्रो टि२० आई खेलमा भारतलाई १ सय ६५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । सेन्ट किट्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । वेस्टइन्डिजका ओपनर काइल मेयर्सले ५० बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक […]

भारतमाथि दक्षिण अफ्रिकाको ‘क्लिन स्विप'

दक्षिण अफ्रिकाले भारतविरुद्धको तीन खेलको एकदिवसीय शृंखला ‘क्लिन स्विप'गरेको छ । प्रतिस्पर्धात्मक बनेको तेस्रो एकदिवसीयमा भारतलाई ४ रनले हराउँदै दक्षिण अफ्रिकाले शृंखला ३-० ले आफ्नाे पक्षमा पारेको हो । २८८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९ ओभर २ बलमा सबै विकेट गुमाउदै २८३ रनमा समेटियो । भारतका विराट कोहलीले सर्वाधिक ६५ रन जोडे । यस्तै शिखर धवनले ६१ रन बनाउदा दिपक चाहरले ५४ रनको योगदान गरे । दक्षिण अफ्रिकाका लुंगी एनजीडी र एडिलेले ३-३ विकेट लिए । ड्वाने प्रिटोरीउसले २ विकेट लि

डि ककको शतकमा भारतलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – ओपनर तथा विकेटकिपर क्विन्टन डी ककको शतकको सहयोगमा दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा भारतलाई २ सय ८८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । केप टाउनमा टस हारेर ब्याटिङ थालेको दक्षिण अफ्रिका ४९.५ ओभरमा २ सय ८७ रनमा अल आउट भयो । दक्षिण अफ्रिका क्विन्टन डि ककले १ सय ३० बलमा १२ […]

टी२० विश्वकपः भारत–पाकिस्तानका पाँच चर्चित क्रिकेट खेलहरू

आइतवार साँझ निकै व्यग्रता साथ प्रतीक्षा गरिएको र सबैभन्दा प्रतिस्पर्धात्मक ठानिने क्रिकेट खेलका लागि भारत र पाकिस्तान टी२० विश्वकपमा भेट्दै छन्।दुई देशबीचको राजनीतिक तनावले गर्दा यी देशहरू विश्वकपजस्ता मुख्य प्रतिस्पर्धाबाहेक बिरलै जुट्ने गरेका छन्।अहिलेसम्म विश्वकपमा भेट्दा भारतले सबै सात खेल जितेको छ।उनीहरू अन्तिमपटक सन् २०१९ मा इङ्ल्यान्डमा आयोजित विश्वकपमा आमनेसामने भएका थिए।विश्वकपमा यी दुई देशबीच भएका रोामाञ्चक पाँच खेलहरू यस्ता छन्ःसन् १९९६ को विश्वकपभारतीय सहर बैङ्लोरमा भएको क्वाटरफाइनल खेल प्रशंसकहरूमा निकै प्रिय छ। ब्याटिङका लागि सुरुमा अवसर पाएको भारतले ८ विकेट गुमाउँदै २८७ रन बनाएको थियो। नभजीत सिंह सिन्धुले ९३ रन बनाएका थिए र अजय जडेजाले २५ बल मात्र खेलेर ४५ रन बनाएका थिए।उता सहज रूपमै मैदानमा उत्रिएको पाकिस्तानले सुरुवाती ब्याट्सम्यान आमिर सोहेल र सइद अनवरबाट १० ओभरमा ८४ रन बनाएको थियो।त्यसपछि जे भयो त्यो भारत पाकिस्तान प्रतिद्वन्द्व झल्काउने विशेष क्षणका रूपमा हेरिन्छ।सोहेलले बललाई चौका प्रहार गरेपछि बलर वेङ्कटेस प्रसाद नजिक गए र उनलाई उक्साउने गरी ब्याटले मैदानको बाहिर देखाए।लगत्तैको बल विकेटमा बजारियो, सोहेल आउट भए र प्रसादले बदला लिए। त्यसको खुसीयाली मनाउने क्रममा प्रसाद दौडिए र भिड उर्लियो। भारतले ३८ रनले खेल जित्दै पाकिस्तानलाई प्रतिस्पर्धाबाटै बाहिर निकाल्न सफल भयो।सन् २००३ को विश्वकपतीन अफ्रिकी देशहरूमा खेलिएको उक्त खेल समेत कम रोचक छैन। सइद अनवरको शतकको सहायताले पाकिस्तानले २७३ रनको चुनौती प्रस्तुत गरेको थियो। सइद अनवरको शतकको सहायताले पाकिस्तानले २७३ रनको चुनौति प्रस्तुत गरेको थियो।त्यसलाई पछ्याउने क्रममा तीव्र गतिका बलरहरू वसिम अक्रम, वकार युनिस र सोएब अक्तरसामु भारतले ठूलो चुनौती सामना गर्‍यो।तर भारतसँग सचिन तेन्दुलकर थिए जसले चमत्कारिक ब्याटिङले कयौँ छक्का र चौकाहरू प्रहार गर्दै ७५ बलबाट ९८ रन जुटाए।युवराज सिंह र राहुल द्रविडले २६ बल बाँकी छँदा भारतलाई जित दिलाए।भारतसँग सचिन तेन्दुलकर थिए जसले चमत्कारिक ब्याटिङले कयौँ छक्का र चौकाहरू प्रहार गर्दै ७५ बलबाट ९८ रन जुटाए।सन् २००७ को टी२० विश्वकप फाइनलचौध वर्षअघि महेन्द्र सिंह धोनीले दक्षिण अफ्रिकामा भएको प्रतिस्पर्धामा भारतलाई पहिलो टी२० विश्वकप जिताएका थिए।त्यसबेला भारतलाई उक्त प्रतिस्पर्धा जित्न सक्ने टोलीको रूपमा धेरैले हेरेका थिएनन्।त्यो नयाँ शैलीको खेल थियो र भारतले सचिन तेन्दुल्कर, सौरभ गांगुली र राहुल द्रविडको भरमा धमाकेदार प्रदर्शन गर्‍यो।त्यस वर्षको सुरुतिरै सन् २००७ को विश्वकपमा बाङ्लादेश र श्रीलङ्कासँग पराजित हुँदै लज्जाजनक हार व्यहोरेकोले भारतका कप्तान धोनीसामु उल्लेख्य दबाव थियो।भारतले सुरुमा ब्याटिङ गर्दै १५७ रन बनायो।खेलको अन्तिम ओभर खासै लोकप्रिय नरहेका बलर जोगिन्दर शर्मालाई दिने धोनीको निर्णयले गर्दा धेरै भारतीय प्रशंसकहरू मन ढुकढुक पारेको थियो।मिस्बाह उल हक स्ट्राइकमा थिए। र जितका लागि पाकिस्तानलाई ६ बलबाट १३ रन चाहिएको थियो।पहिलो दुई बलमा शर्माको बलमा एउटा छक्का भएपछि भारतीय पक्षमा सन्नाटा छायो।धोनीले शर्मालाई सम्हाल्न सके।चार बलबाट जित्नका लागि छ रन चाहिँदा उल हकले बल त उठाउन सके तर त्यो एस श्रीनाथको हातमा पुगेसँगै भारतले जित हासिल गर्‍यो।सन् २०११ को विश्वकपशानदार क्वाटरफाइनलमा अस्ट्रेलियालाई जितेपछि भारत आफ्नै सहर मोहालीमा पाकिस्तानविरुद्ध सेमिफाइनलमा जुटेको थियो।१६६ जनाको ज्यान गएको सन् २००८ को त्रासदीपूर्ण मुम्बई हमलापछि दुई देशबीच बढेको तिक्ततामाझ उक्त घटनापछि दुई देश पहिलो पटक खेल्दै थिए।तीन वर्षअघिको उक्त हमलाका लागि भारतले पाकिस्तानमा रहेको लडाकु समूह लस्कर ए तोइबालाई दोष दिएको थियो।त्यसलाई ‘सबै युद्धहरूको जननी’ ठान्दै खेल हेर्न दुवै देशका प्रधानमन्त्रीहरू उपस्थित भएका थिए।भारतले टस जितेर ब्याटिङ रोज्यो र सचिन तेन्दुलकर र वीरेन्द्र सेहवाग सुरुवाती ब्याट्सम्यानको रूपमा मैदानमा उत्रिए।छैटौँ ओभरमा सेहवाग खेलमा बाहिरिए। पाकिस्तानी बलहरूले चार पटक तेन्दुलकरलाई आउट गर्ने असफल प्रयासहरू गरे तापनि उनले ८५ रन बनाउन सके।सुरेश रैना ३६ रन बनाउँदा रनको पूर्ण अङ्क २६१ पुग्यो।पाकिस्तानका सुरुवाती ब्याट्सम्यान मोहम्मद हाफिजले ४३ रन बनाउन सके तापनि भारतले कसिलो बलिङ र फिल्डिङ्गमार्फत् पाकिस्तानलाई दबावमा राख्न सक्यो।पाकिस्तानले २९ रनले खेल हार्‍यो भने भारतले आफ्नो दोस्रो विश्वकप उचाल्यो।सन् २०१९ को विश्वकपइङ्गल्यान्डको म्यानचेस्टरमा भारतले पाकिस्तानसामु निकै ठूलो ३३६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।पाकिस्तानले टस जित्दै बलिङ रोजेको उक्त खेलमा भारतका सुरुवाती ब्याट्सम्यान रोहित शर्मा र केएल राहुले १३६ रन जोडेका थिए।राहुल ५७ रनमा खेलबाट बाहिरिएका थिए।रोहित शर्माले ११३ रनमा १४० रन बनाउने क्रममा पाकिस्तानी बलरहरूलाई दबाबमा राखिराखे।कप्तान विराट कोहलीले ६५ बलमा ७७ रन बनाएका थिए।पाकिस्तानका फखर जमान र बाबार आजमले क्रमशस् ४८ बलमा ६२ र ५७ बलमा ७५ रन बनाएका थिए तर कुलदीप यादवले दुवै ब्याट्सम्यानलाई आउट गर्न सफल भए।वर्षाको असरले कयौँपटक ढिलो हुँदै सुरु भएको उक्त खेल अन्तिममा निलो भारतका लागि सहज जितमा परिणत भयो।बीबीसीबाट