दाङ – पशुपालनबाट दाङका किसानले राम्रो कमाइ गर्न थालेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङबाट खसी बोका खरिद गरी काठमाण्डौ पठाउन थालेपछि दाङका किसानले खसी बोकाको राम्रो मूल्य पाउन थालेका छन् ।
व्यापारीहरु घर घरमा पुगेर आफैँ मूल्य गरी किसानका खसी बोका खरिद गर्ने गरेकोमा अब भने आफूहरुले तोकेको मूल्यमा तौल गरेर मात्र बिक्री गर्ने गरेको किसानहरु बताउँछन् । तौल गरेर बिक्री गर्दा खसी बोकाको मूल्य राम्रो पाउने गरेको बाख्रा पालक किसानहरुको भनाइ छ ।
दशैँ सुरु भएसँगै दाङमा खसी बोकाको किनबेच बढ...