विकास निर्माणको कार्य गर्दा वा गराउँदा पूर्वसावधानी अपनाई जीउज्यानको सुरक्षामा पहिलो प्राथमिकता दिन मजदूरले आग्रह गरेका छन् ।
गाउँ क्षेत्रका सडक निर्माण गर्दा डोजरले यत्रतत्र झारेका ढुङ्गाले मानिसको ज्यानसमेत जान थालेपछि सबैखाले विकासको काममा सहभागी गराइने मजदूरको सुरक्षामा पहिलो ध्यान दिन आवाज उठेको छ ।
रसुवा जिल्लाको अधिकांश भूभाग भिरालो भएको र ती स्थानमा सडक मार्ग खुलाउँदा स्काभेटर तथा डोजरजस्ता उपकरणले फ्याँकेका ढुङ्गा र माटोले वर्षायाममा भूक्षयको सम्भावना बढ्दै गएको छ । सडक खन्दा निस्केका ढुङ्गा र माटो सही तरिकाले...