खाद्य ऐनमा महासंघको सुझाव- उपभोक्ताको स्वास्थ्यमा असर परे क्षतिपूर्तिको व्यवस्था छ, जरिवाना र कैद हटाउँ

पुस २१, काठमाडौं। उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ जस्ताको त्यस्तै पारित भएमा नेपालमा खाद्यसँग सम्बन्धित उद्योग धन्दा नै चलाउन नसकिने बताएका छन् । राष्ट्रिय सभामा दर्ता भएको उक्त विधेयकमा निजी क्षेत्रको रायसुझाव दिंदै विधेयकका सम्बन्धमा निजी क्षेत्र खासगरी खाद्यसँग सम्बन्धित उद्यमी व्यवसायीमा व्यापक चासो र चिन्ता रहेकोले ऐनलाई पुन : निजी क्षेत्रसँग छलफलमा लैजान पनि गोल्छाले आग्रह गरेका छन् । ऐनको विषयमा महासंघले गत असोज १२ गते नै सरोकारवाला र सरकारी निकायका पदाधिकारीहरुको सहभागितामा छलफलसमेत आयोजना गरेको थियो । सोही कार्यक्रमबाट आएका सुझावसमेतलाई समेटेर महासंघले उक्त सुझाव तयार पारेको हो ।  महासंघले पेश गरेका सुझावमा मुलत :अन्तरराष्ट्रिय अभ्याससमेतका आधारमा फुड ह्याण्डलर प्रोटोकल्स एण्ड फुड सेफ्टी रुल्स उल्लेख भएका प्याकिङ खाद्य पदार्थमा उपभोगको निमित्त अधिकतम राम्रो मिति लेवलमा खुलाउन पाउने कानूनी व्यवस्था गरिनु पर्ने, बस्तुगत आधार बेगर शंकाको आधारमा खाद्य पदार्थ विक्री वितरणमा रोक लगाएको कारणबाट निर्दोष विक्रेतालाई पर्न जाने आर्थिक नोक्सानीको निमित्त क्षतिपूर्ति दिने व्यवस्था गरिनु पर्ने सुझाव दिएको छ । यसैगरी महासंघले  सार्वजनिक रुपमा सूचना प्रकाशित गरी त्रूटिपूर्ण वा न्यून गुणस्तरको कुनै ब्याच वा एक लटको खाद्य पदार्थ फिर्ता माग गर्ने व्यवस्था गर्दा खाद्य व्यवसायीले उत्पादन वा प्रशोधन गरेको अन्य ब्याच वा लटको खाद्य पदार्थको विक्री वितरणसमेत गम्भिररुपमा प्रभावित हुने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी फिर्ता माग गर्ने व्यवस्था हटाउनु पर्ने सुझाव दिएको छ ।  त्यसैगरी सुझावमा विविध प्राविधिक गडवडिको कारणबाट प्रयोगशालाको प्रतिवेदन रिर्पोटमा एक रुपता नहुने हुँदा सो रिर्पोटको आधारमा जारी हुने आदेश उपर पुनरावलोकनको व्यवस्था गरिनु पर्ने, दुषित खाद्य पदार्थ/न्यूनस्तरका खाद्य पदार्थको उपभोगबाट उपभोक्ताको स्वास्थ्यमा हानी नोक्सानी पुग्न गएमा क्षतिपूर्ति भराइने हुँदा कैद तथा अत्याधिक बढी जरिवानाको सजाय गर्नु अनुचित देखिएकोले कैद र अत्याधिक जरिवानाको व्यवस्था हटाइनु पर्ने, खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी ऐन बमोजिमको कसुरलाई फौजदारी कसुर अन्तर्गत राखी यस ऐन बमोजिमका आरोपमा उद्यमी, व्यवसायी एवं व्यापारीहरुलाई पक्री थुनामा राख्ने एवं मुद्दा चलिरहेको पुरा अवधिसम्म थुनामा राखिने व्यवस्था हटाइनु पर्ने रहेको छ । खाद्य सम्बन्धमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन विशेष ऐन भएकाले यस ऐनको विशिष्टता कायम गर्न यस ऐनमा उल्लेखित कसुरको सम्बन्धमा यस ऐन बमोजिम मात्र कारवाही चलाउने व्यवस्था गरिनु पर्ने,यस ऐन बमोजिमको कसुरमा अन्य ऐन/कानून बमोजिम मुद्दा चलाउने व्यवस्था हटाइनु पर्ने, दुषित खाद्य पदार्थ/न्यूनस्तरका खाद्य पदार्थको उपभोगबाट उपभोक्ताको स्वास्थ्यमा हानी नोक्सानी पुग्न गएमा क्षतिपूर्ति भराइने हुँदा कैद तथा अत्याधिक बढी जरिवानाको सजाय गर्नु अनुचित देखिएकोले कैद र अत्याधिक जरिवानाको व्यवस्था हटाइनु पर्ने लगायतका सुझाव महासंघले दिएको छ ।   अध्यक्ष गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरूङसहित समितिका सदस्यहरुलाई भेटी खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७७ का सम्बन्धमा महासंघको तर्फबाट तयार पारिएको सुझाव पेश गरेको हो ।  साथै महासंघले कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिका सभापति विमल प्रसाद श्रीवास्तवलाई मंगलवार नै उक्त सुझाव पेश गरेको थियो ।  महासंघबाट गएको प्रतिनिधिमण्डलका सदस्यहरुमा उपाध्यक्ष अन्जन श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरु भरतराज आचार्य, अरनिको राजभण्डारी, मनिषलाल प्रधान, खाद्यसँग सम्बन्धित महासंघका सदस्य वस्तुगत संघका पदाधिकारीहरु र महासंघ सचिवालयका वरिष्ठ अधिकारीहरु सहभागी थिए । 

सम्बन्धित सामग्री

मेयर-उपमेयरको घर तोडफोड गर्ने २० जनालाई कैद र जरिवाना

कटारी नगरपालिकाका तत्कालीन नगरप्रमुख र उपप्रमुख घर र सार्वजनिक सम्पत्ति तोडफोड गरेको आरोपमा २० जनालाई अदालतले कैद, जरिवाना र क्षतिपूर्ति भराउने सजाय सुनाएको छ।...

कैद र जरिवाना फैसला भएका दुई हजार पक्राउ

जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ रुपैयाँ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवाना फैसला सुनाएपछि फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले […]

किन गर्छ अदालतले एक रुपैयाँ जरिवाना र एक मिनेटमात्रै कैद सजाय ?

काठमाडौं, ९ असार । हामी कसैलाई अन्याय परेको महसुश भएको खण्डमा न्याय माग्न जाने निकाय भनेको अदालत हो । अदालतको फैसला सबैले मान्नुपर्छ र त्यो बाध्यकारी हुन्छ । तर, अदालतले कहिले काही नसोचेको फैसला पनि गर्नसक्छ । अदालतले न्यूनतम् एक रुपैयाँ जरिवाना र एक एक मिनेट, एक घण्टा वा एक दिन कैद पनि गर्न सक्छ […]

अदालतले कैद र दण्ड-जरिवाना असुल गर्न सीआईबीको सहयोग लिने

१९ चैत, काठमाडौं । सर्वोच्च अदालतले अदालतको फैसला अनुसार कैद, दण्ड–जरिवाना र सरकारी बिगो असुल गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को सहयोग लिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको अध्यक्षतामा रहेको केन्द्रीय न्याय क्षेत्र समन्वय समितिले अदालतको फैसला अनुसार कैद, दण्ड–जरिवाना र बिगो असुल गर्न सीआईबीको सहयोग लिनेदेखि न्यायिक प्रहरी माग […]

जर्वजस्ती करणी मुद्दामा कैद र जरिवाना तोकिएका व्यक्ति होटेल खोलेर बसेपछि …

३० साउन, जनकपुरधाम । जवर्जस्ती करणी मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएका एक व्यक्ति होटेल सञ्चालन गरेर बसिरहेको पाइएको छ । पाँच वर्षअघि धनुषामा नाबालिकालाई बलात्कार गरेको घट्नामा उच्च अदालत जनकपुरधामले कैद र जरिवाना तोकिएका सन्तोष खड्का सिन्धुलीमा होटेल सञ्चालन गरेर बसिरहेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीका […]

किर्ते गरी जग्गा बेच्ने कर्मचारीसहित १३ जनालाई कैद र जरिवाना

किर्तेगरी अर्काको जग्गा बेचिदिने मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १३ जनालाई सुर्खेत जिल्ला अदालतले जरिवाना र कैद सजाय फैसला गरेको छ ।न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले मालपोत कार्यालय सुर्खेतका ६ जना कर्मचारीसहित १३ जनालाई जग्गा किर्ते तथा ठगी गरेको कसुरसहित कैद र जरिवाना फैसला गरेको हो । अदालतले मालपोत कार्यालयका सुब्बा विश्वरुप सावद, कम्प्युटर […]

राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्नेलाई सात वर्ष कैद र दुई लाख जरिवाना

काठमाडाैँ- जिल्ला अदालत, सुर्खेतले राउटे युवतीमाथि याैन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना ताेकेकाे छ। जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले यौन दुर्व्यवहार गर्ने दुई जनालाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हाे। साथै अदालतले याैन दुर्व्यवहार भएकाे हाेटलका सञ्चालकलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना ताेकेकाे […]

एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाइएका व्यक्ति पक्राउ

काठमाडौं- अदालतले एक करोड रुपैयाँ जरिवाना र एक महिना कैद सजाय सुनाईएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका १ का ४८ वर्षीय रामेश्वर चौलागाई रहेका छन् । उच्च अदालत पाटनले उनलाई बैकिङ कसुर मुद्दामा यहि ४ वैशाखमा एक करोड रूपैयाँ जरिवाना र एक महिनाको कैद सजाय गरेको थियो । […]

कास्कीमा जाहेरवालालाई नै कैद, जरिवाना र क्षतिपूर्तिको फैसला

१७ चैत, पोखरा । कास्की जिल्ला अदालतले ज्यान मार्ने उद्योगमा जाहेरी दिएर अदालतमा प्रतिकुल बकपत्र गर्ने एक जनालाई कैद, जरिवाना र क्षतिपूर्ति तिर्ने फैसला गरेको छ । आफ्नो छोरा विशाल गुरुङलाई कुटपिट गरी ज्यान मार्ने उद्योग गरेको भन्दै ४ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका पोखरा महानगरपालिका–१५ का यमबहादुर गुरुङलाई ३ महिनासम्म कैद वा ५ हजार […]

कैद र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्ति पक्राउ

अदालतबाट कैद सजाय र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको दक्षिणकाली नगरपालिका– ३ बस्ने ४० वर्षका समुन्द्रकेशर केसी र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई काठमाडौँको डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजु श्रेष्ठ रहेका छन् । प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार काठमाडौँको चौमतीबाट पक्राउ परेका केसीलाई अदालतले १५ दिन कैद र रु ३० लाख जरिवाना तथा बसपार्कबाट पक्राउ परेका श्रेष्ठलाई ६ दिन कैद र रु १० लाख जरिवा