दमौली- तनहुँमा डेँगीबाट संक्रमित हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । असोज सुरु भएयता जिल्लाका सबै स्थानीय तहमा गरी डेँगी संक्रमण हुनेको सङ्ख्या पाँच हजार ११ पुगेको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर डेँगीबाट संक्रमित हुनेको सङ्ख्या सात हजार नौ सय ४६ पुगेको छ । त्यसमध्ये ६५ प्रतिशत बिरामी तनहुँमा छन् ।...