अविश्वासको प्रस्ताव दर्ताबारे छलफल गर्न माओवदीले बोलायो स्थायी कमिटी

काठमाडौं : सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव दर्ताबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै छ।  पार्टी कार्यालय पेरिसडाँडामा ३ बजेका लागि बोलाइएको बैठक अब केहीबेरमा सुरु हुन लागेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग नयाँ सरकार गठनबारे भएको…

सम्बन्धित सामग्री

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेकपा एमाले स्थायी कमिटीको बैठक बालुवाटारमा बस्दैछ । समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले लोकान्तरलाई जानकारी दिए । पार्टी नेतृत्वका प्रदेश सरकारहरूमा आएका संकट लगायतका विषयमा बैठकमा छलफल हुने स्रोतले बतायो । लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्ताव ल्याइए पनि प्रदेश सभाको अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा गरेर नयाँ सरकार गठनको गृहकार्य गरिरहेका छन् ।  गण्डकी प्रदेशमा ...

माओवादीले जसपालाई पर्खने

काठमाडौं, बैशाख १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टीको निर्णय कुर्ने भएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि जनता समाजवादी पार्टी (जसपा) को निर्णय कुर्ने निर्णय गरेको हो। बैठकले जसपा तयार नभएसम्म अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार […]

माओवादीले जसपालाई पर्खने

मंगलबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनका लागि जनता समाजवादी पार्टी (जसपा)को निर्णय कुर्ने निर्णय गरेको हो। बैठकले जसपा तयार नभएसम्म अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस तयार नभएकाले जसपाको निर्णय कुर्ने प्रवक्...

एमाले स्थायी कमिटी बैठक जारी

काठमाडौं। नेकपा (एमाले)को स्थायी कमिटी बैठक बसिरहेको छ। सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको सूचना पाएपछि अध्यक्ष केपी शर्मा ओलीले आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएका हुन्। स्थायी कमिटी लगत्तै केन्द्रीय कमिटीको बैठक बस्नेछ। नेपाल समूहले ‘फ्लोर क्रस’ गर्ने सम्भावना भएपछि बैठक बसेको एमालेका एक नेताले बताए। आजको बैठकबाट नेपाल समूहका सांसदमाथि कारवाही हुनसक्ने सम्भावना रहेको उनको भनाइ छ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो। बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा, पार्टीको आगामी रणनीति, विपक्षी दलहरूसँगको सहकार्यलगायतका विषयमा छलफल गर्ने तयारी छ। सोमबारका लागि बोलाइएको बैठकमा विपक्षी दल नेपाली कांग्रेससँग मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको निर्णय गर्ने तयारी गरिएकोमा सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गरेपछि बैठक स्थगित भएको थियो।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। हिजो बस्ने भनिएको बैठक स्थगित भएको थियो।बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने तय भएको पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमको समीक्षा, पार्टीको आगामी रणनीति, विपक्षी दलहरुसँगको सहकार्यलगायतका विषयमा छलफल गर्ने तयारी छ। हिजोका लागि बोलाइएको बैठकमा विपक्षी दल नेपाली कांग्रेससँग मिलेर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ताको निर्णय गर्ने तयार

अविश्वासको प्रस्ताव निश्चित भए माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने

काठमाडौं, ५ वैशाख । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार विहान ११ बजेका लागि तय भएको छ । बैठकले पछिल्लो राजनीतिक घटनाको समिक्षा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ता लिनेबारे टुंगो लगाउने भएको छ । माओवादीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने टुंगो लागेपछि मात्र सरकारलाई दिइआएको समर्थत फिर्ता लिने रणनीति बनाएको छ । […]

राजीनामा नदिने ‘मुड’मा प्रधानमन्त्री, अविश्वासको प्रस्ताव सामना गर्ने

काठमाडौं । आफूले गरेको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओलीले राजीनामा नदिने बरु अविश्वासको प्रस्ताव आए त्यसलाई सामना गरेर जाने बताउनुभयो । त्यस बारे निर्णय गर्न बुधबार ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठक बसिरहेको छ । बीबीसीसँगको कुराकानीमा नेता थापाले ओलीले अहिले राजीनामा नदिने स्पष्ट पार्नुभएको हो । सर्वोच्च अदालतले गरेको फैसला मानेर अगाडि बढ्ने तर, राजीनामा नदिने थापाले बताउनुभयो । ‘फैसलाले प्रतिनिधिसभाको बैठक बोलाउने भनेको छ । प्रतिनिधिसभा भित्र यी कुराहरू जान्छन्’ थापाले भन्नुभयो, ‘प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन चाहने व्यक्तिहरूले ल्याउनु होला । प्रधानमन्त्रीज्यूले त्यसको सामना गर्ने कुरा हुन्छ ।’ प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको छ । केही नेताहरुले प्रधानमन्त्रीले राजीनामा नदिए अविश्वासको प्रस्ताव पेश गर्ने र राष्ट्रपतिविरुद्ध पनि महाअभियोग लगाउने बताउँदै आएका छन् । अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि के गर्ने भन्ने कुरा त्यसपछिको विषय भएको तर अहिले अदालतको फैसलालाई हेरेर राजीनामा दिनुपर्ने आवश्यकता नभएको थापाको भनाइ छ। सर्वोच्च अदालतले पुष ५ गते गरिएको प्रतिनिधि सभा विघटनको निर्णय मंगलबारको फैसलाले असंवैधानिक भएको ठहर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । ओली पक्षीय नेताहरु अब संसद, सरकार र पार्टी पुष ५ अघिको अवस्थामा मात्रै पुगेको भन्दै सर्वोच्चको फैसलाले राजनीतिक निकास नदिने बताएका छन् । प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले अदालतको फैसला मान्य भएपनि यसले राजनीतिक निकास नदिने स्पष्ट पार्नुभएको छ ।