रुख नहटाइदिँदा राजमार्ग निर्माण प्रभावित

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबिच समन्वय नहुँदा मदन भण्डारी राजमार्गको धरान–केराबारी–लेटाङ–मधुमल्ला बेलडाँगी सडकखण्ड, शान्तिनगर–पातापुर र बारफलाङ्फेदी–शान्तिनगर सडकखण्डका रुख अझै हटेका छैनन् । करिब ९६ किलोमिटरको यस आयोजनाको अधिकांश क्षेत्र जङ्गलभित्र पर्छ । धरान–केराबारी–लेटाङ–मधुमल्ला–बेलडाँगी सडकखण्डको ५३ किलोमिटरभित्र पाँच हजार ७८९ वटा रुख पर्छन् । शान्तिनगरदेखि पातापुर सडकखण्डको १३.८७ किलोमिटर क्षेत्रमा तीन हजार ६८९ वटा रुख पर्छन् ।

सम्बन्धित सामग्री

बाग्लुङमा रुख ढलेर बिजुलीको पोल क्षति भएपछि बन्द बिजुली बल्यो

काठमाण्डौ – बाग्लुङमा रुख ढलेर बिजुलीको पोलमा क्षति गरेपछि बन्द भएको विद्युत् आपूर्ति अहिले सञ्चालनमा आएको छ । गएराति गलकाेट नगरपालिका–६ जामुनडाँडामा रुख ढलेर पोलमा क्षति गरेपछि विद्युत् आपूर्ति बन्द भएको थियो । अहिले मर्मत गरेपछि सबै पालिकामा नियमित बिजुली आपूर्ति भएको हो । बाग्लुङ–गल्कोट–बुर्तिवाङ्ग ३३ केभी प्रसारण लाइनको पोल ढलेर तार असरल्ल भएको थियो । बिजुली बत्ती नहुँदा बाग्लुङका ४ वटा पालिका गलकाेट नगरपालिकासहित ताराखोला, बडिगाड र ढोरपाटन नगरपालिकाका बासिन्दा प्रभावित भ...

बाग्लुङको गलकाेटमा रुख ढलेर बिजुलीको पोलमा क्षति, विद्युत् आपूर्ति बन्द

बाग्लुङ - बाग्लुङमा रुख ढलेर बिजुलीको पोलमा क्षति गरेपछि विद्युत् आपूर्ति बन्द भएको छ । गएराति गलकाेट नगरपालिका–६ जामुनडाँडामा रुख ढलेर पोलमा क्षति गरेको हो । बाग्लुङ–गलकाेट–बुर्तिवाङ ३३ केभी प्रसारण लाइनको पोल ढलेर तार असरल्ल भएको छ । बिजुली बत्ती नहुँदा बाग्लुङका ४ वटा पालिका गल्कोट नगरपालिकासहित ताराखोला, बडीगाड र ढोरपाटन नगरपालिकाका बासिन्दा प्रभावित भएका छन् । बिजुली नहुँदा मोबाइल सेवा, सञ्चारमाध्यम तथा अरु काममा समस्या भएको छ । विद्युत् वितरण केन्द्र बाग्लुङका अनुसार स...

अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण जनजिवन प्रभावित

एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा भारी वर्षा, हिमपात र तेज हावाका साथ आएको आँधीका कारण जनजीवन प्रभावित बनेको छ । क्यालिफोर्नियाका हजारौं घरकासाथै सयौं सवारीसाधनमा क्षति पुगेको छ । हजारौं मानिस बिस्थापित भएका छन् । आँधीमा १ महिलाको मृत्युु भएको छ भने केही बेपत्ता भएका छन् । आँधीले पार्किङमा राखिएका सवारीसाधनमाथि रुख र बिजुलीको पोल ढल्दा […]

कोहलपुर–सुर्खेत प्रसारण लाइनको रुख कटानमा ढिलाइ

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ भएको छ । आगामी भदौमा म्याद सकिन लाग्दा पनि आयोजनाले अहिलेसम्म रुख कटानको अनुमति पाउन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणले रुख कटानसम्बन्धी प्रस्ताव पेश गरेको लामो समय बितिसक्दा पनि वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषद्मा उक्त प्रस्ताव लैजान ढिलाइ गर्दा आयोजना प्रभावित हुन पुगेको हो ।बाउन्न किमी लामो प्रसारण लाइनको अधिकांश भूभाग बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ । यस आयोजनाका लागि बाँके, बर्दिया र सुर्खेतमा गरी १३ हजार १

मदन भण्डारी राजमार्ग : रुख कटानमा ढिलाइ हुँदा सुर्खेत खण्ड विस्तार प्रभावित

चैत ९, सुर्खेत । रुख कटानमा भएको ढिलाइले सुर्खेत खण्डमा मदन भण्डारी राजमार्ग विस्तारको काम प्रभावित भएको छ । रुख कटानसम्बन्धी प्रक्रियागत ढिलाइले हाल वन क्षेत्र नभएका स्थानमा मात्र सडक स्तरोन्नतिको काम भइरहेको छ ।  राजमार्गको पूर्वी खण्डमा ३५ दशमलव शून्य ५ किलोमिटर र पश्चिम सुर्खेतमा ९४ किलोमिटर क्षेत्र पर्छ । सडक क्षेत्रमा साना ठूला गरी करीब पाँच हजार रुख कटान गर्नुपर्ने आयोजनाका सुर्खेत कार्यालय प्रमुख मुकुन्दप्रसाद लामिछानेले जानकारी दिए ।  कटान गर्नुपर्ने रुखको पहिचान, सामुदायिक वन उपभोक्ता समिति, सबडिभिजन र डिभिजन वन कार्यालयले आवश्यक प्रक्रिया शुरु गरिसकेका छन् ।  रुख कटानसम्बन्धी वन कार्यालयबाट तयार भएको फाइल वन विभाग, मन्त्रालय हुँदै मन्त्रिपरिषद् बैठकले अनुमति दिएपछि मात्र कटानको बाटो खुल्नेछ ।  विद्युत्का पोल, ट्रान्सफर्मरलगायत संरचनालाई सार्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले अनुमति दिइसकेको उनले बताए ।  पूर्वी सुर्खेतको धुलियाबिट–भेडाबारी–बोटेचौर सडकखण्डमा स्तरोन्नतिको काम भइरहेको छ । उक्त सडकले वीरेन्द्रनगर, लेकबेँसी र गुर्भाकोट नगरपालिकाका भू–भागलाई समेटछ ।  राष्ट्रिय राजमार्गको मापदण्डअनुसार यो सडकलाई नौ मिटर फराकिलो बनाइँदैछ । सडक स्तरोन्नतिका लागि रू. एक अर्ब ९४ करोड ८४ लाख लागत अनुुमान गरिएको छ ।  ठेक्का सम्झौता भने रू. एक अर्ब तीन करोड २३ लाख ७८ हजारमा भएको लामिछानेले बताए । विसं २०८० पुस २७ सम्ममा स्तरोन्नतिको काम सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको छ । वन क्षेत्र नपर्ने स्थानमा सडकलाई फराकिलो बनाउन साइड कटिङलगायतका काम भइरहेका छन् । ‘नाला निर्माण, भित्ताको माटो काट्ने, साइडलेन, पर्खाल निर्माण तथा ग्राभेल जस्ता काम भइरहेका छन्’, लामिछानेले भने, ‘कतिपय स्थानमा नयाँ सडक निर्माण गर्नुपर्ने नभई पुरानै सडक विस्तार गर्नुपर्ने अवस्था छ ।’  सुर्खेतको पश्चिम खण्डको सडक विस्तारको काम शुरु हुनसकेको छैन । पश्चिम खण्डमा पर्ने १३ किमी सडक प्रदेश सरकारले बनाउने भएको छ । रासस

रुख काट्न ढिलो भएपछि मदन भण्डारी राजमार्ग विस्तारको काम प्रभावित

रुख कटानमा भएको ढिलाइले सुर्खेतखण्डमा मदन भण्डारी राजमार्ग विस्तारको काम प्रभावित भएको छ ।

युरोपमा आँधीमा परेर मृत्यु हुनेको संख्या १६ पुग्यो,लाखौं सर्वसाधारण प्रभावित

काठमाडौं । युनि आँधीका कारण युरोपमा १६ जनाको मुत्यु भएको छ । बेल्जियम, नेदरल्याण्ड, जर्मनी, पोल्याण्ड र बेलायत लगायतका मुलुकमा तीव्र गतिमा आएको आँधीका कारण विभिन्न भौतिक संरचनामा क्षती भएको छ । आँधीका कारण सयौंको संख्यामा हवाइ उडानहरु प्रभावित भएका छन् । आँधीले सडक किनारका रुख तथा विजुलीका पोलहरुमा क्षति पुर्याएपछि राजमार्गहरु बन्द भएका छन् […]

अफ्रिकामा शक्तिशाली आँधीका कारण हजारौं नागरिक प्रभावित

काठमाडौं । अफ्रिकी मुलुक मादागास्करमा भारी बर्षा र आँधीका कारण हजारौं नागरिक प्रभावित भएका छन् । प्रतिघण्टा २ सय ५० किलोमिटरको दरले आएको ‘बातसिराई’ नामको आँधीले हजारौंलाई विस्थापित गराएको छ । हावाहुरीले हजारौं घरका छाना उडाउनुका साथै ठाउँ ठाउँमा बिजुलीका पोल र रुख ढलेकाले त्यहाँको जनजीवन ठप्प बनेको छ । समुद्रमा १५ मिटर अग्लो छाल […]

कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइन : रुख कटानमा ढिलाई हुँदा आयोजना प्रभावित

मंसिर २७, सुर्खेत । रुख कटानमा ढिलाई हुँदा कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत् प्रसारण लाइन निर्माणको काम प्रभावित भएको छ । प्रसारण लाइन विस्तारका लागि रुख कटान गर्न ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले स्वीकृत दिन ढिलाई गर्दा निर्माणको कामले गति लिन नसकेको हो ।  आयोजना कार्यालयले गत जेठमा पठाएको रुख कटान सम्बन्धी प्रस्ताव करीब ७ महीनादेखि मन्त्रालयमै अड्किएको छ । नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेशका प्रमुख सुरेन्द्र अग्रहरीले आयोजना कार्यालयबाट यसअघि नै विस्तृत अध्ययन, रुख गणना, डिजाइन र टावर रहने स्थानको टुंगो लगाई सकिएको बताए ।  उनले रुख कटानमा ढिलाई नभए तोकिएकै समयमा काम सकिने लक्ष्य राखिए पनि स्वीकृति ढिलो आएमा आयोजनाको अवधि लम्बिन सक्ने जनाए । ‘मन्त्रालयमा फाईल अड्किरहेको छ,’ उनले भने, ‘मन्त्रालयबाट रुख कटानका लागि स्वीकृत नआएसम्म अरु काम अगाडि बढाउन सकिँदैन ।’  अन्य स्थानमा रुख कटान भएपछि मात्रै टावर निर्माण गर्न सकिने उनको भनाइ छ । उनले संघीय मन्त्रिपरिषद्को बैठकले रुख कटानका लागि स्वीकृति दिएपछि मात्रै रुख काट्नका लागि बोलपत्र आह्वान, जग्गाको मुआब्जा लगायत प्रक्रिया शुरु हुने बताए ।  उनका अनुसार आयोजना क्षेत्रमा पर्ने १३ हजार ५६ ओटा रुख काट्न कार्यालयले अनुमति मागेको छ । यद्यपि आयोजनाले वन क्षेत्र नपर्ने ठाउँमा टावर निर्माणका लागि फाउण्डेशन (जग) बनाउने काम गरिरहेको छ । कोहलपुर–सुर्खेत प्रसारण लाईनमा डबल सर्किटका १६० ओटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म १३ स्थानमा मात्रै टावरको फाउण्डेशन निर्माण भएको प्रदेश कार्यालय प्रमुख अग्रहरीले बताउँछन् ।  तीमध्ये १३० ओटा पोल सार्वजनिक तथा राष्ट्रिय निकुञ्ज र बाँकी ३० ओटा पोल व्यक्तिको जग्गामा पर्ने आयोजना निर्माण कम्पनीको भनाइ छ । सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा र लेकबेशी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्र भित्रका रुख कटान हुनेछन् । आयोजनाको प्रतिवेदन अनुसार सुर्खेतमा ६ हजार ८२०, बर्दियामा ३ हजार ३२० र बाँकेमा २ हजार ९१६ ओटा रुख कटान हुनेछन् ।  कोहलपुर–सुर्खेत विद्युत् प्रसारण लाइन विस्तारका लागि निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले तयार पारेको प्रतिवेदनले कटान हुने रुखको संख्या ९ महीना अघि नै सार्वजनिक गरेको थियो । प्रसारण लाइनको निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ७० करोड रुपैयाँमा पाएको छ । निर्माण कम्पनीले आगामी भदौसम्म प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरीदको काम सम्पन्न गर्नुपर्नेछ ।  आयोजना र निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच भएको सम्झौता अनुसार आगामी भदौसम्म टावर निर्माणको काम सक्नुपर्ने हुन्छ । तर, रुख कटानका लागि प्रक्रियामा ढिलाई हुँदा काम नै प्रभावित भएको छ ।  गत वर्ष असारमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएपनि कम्पनीले करीब १४ महीनापछि गत भदौदेखि मात्रै निर्माणको काम थालेको हो ।  १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारमा ढिलाई हुँदा सुर्खेतसहित कर्णालीवासीले सास्ती भोग्दै आएका छन् । कोहलपुर–सुर्खेत ३३ केभीए प्रसारण लाइन २०४५ सालमा विस्तार गरिएको भएपनि त्यो अपर्याप्त छ । आयोजना बाँकेको कोहलपुर सबस्टेशनबाट शुरु भएर वीरेन्द्रनगरस्थित सुर्खेत सबस्टेशनमा पुगेर टुंगिनेछ ।