सर्वदलिय सहमतिपछि विहीबारदेखि कर्णाली प्रदेशसभा सुचारु भएको छ । फौजदारी अभियोग लागेका भौतिक पूर्वाधार एवम् शहरी विकास मन्त्री अम्मर बहादुर थापा अदालतको निर्णय नआउन्जेलसम्म संसदमा उपस्थित नहुने सहमतिपछि तीन दिनदेखि अबरुद्ध प्रदेशसभाको बैठक सुरु भएको हो ।मन्त्री थापाको बर्खास्तीको मागगरी एमालेले प्रदेशसभाको आठौं अधिवेशन सुरु भएको पहिलो दिन जेठ २४ गतेदेखि नै संसद अवरुद्ध गरिरहेको […]