झापा ५ मा केपी ओली ८ हजार मतले अगाडि

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८,६७१ मतसहित अग्रता कायम गरेका हुन् । यस्तै नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १०,९१२ मत प्राप्त गरेका छन् । १ लाख २ हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म ३४ हजार […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। समानुपातिकतर्फको मतगणनामा एमालेले अग्रता लिँदा माओवादी राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा पछाडि परेको छ। एमाले अध्यक्ष केपी ओली झापा–५ बाट २८ हजार बढीको मतान्तरले विजयी भएका छन्। गोरखा–२ मा माओवादी अध्यक्ष प्रचण्डको शानदार जित निश्चित भएको छ। काठमाडौंका १० क्षेत्रमध्ये कांग्रेस ५, रास्वपा ४ र एमाले एक ठाउँमा विजयी बनेको छ। चित्रबहादुर केसी बागलुङ–१ बाट विजयी बनेकाछन्।

झापा-५ मा केपी ओली भारी मतान्तरले विजयी

झापा–५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

झापा-५ बाट केपी ओली निर्वाचित, ६ पटक यही क्षेत्रबाट बने सांसद

काठमाडौं : झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन्। निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार ओलीले ५१ हजार ६१९ मत प्राप्त गरि विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत  प्राप्त गरे। ओली योसँगै ६ पटक विजयी…

केपी ओली भारी मतान्तरका साथ विजयी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली झापा ५ बाट निर्वाचित भएका छन्। निर्वाचन अधिकृत डम्बर प्रसाद काफ्लेले अध्यक्ष ओली निर्वाचन भएको थाहा खबरलाई जानकारी दिए। उनले  मतगणना सकिएको र परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको बताए। उनी २८ हजार ५७४ मतान्तरका साथ विजयी भएका छन्।  ओलीले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीलाई पराजित गरेका हुन्। ओलीले ५२ हजार ३१५ मत पाउँदा अधिकारीले २३ हजार ७४१ मत पाएका छन्। ०७४ सालमा पनि अधिकारी ओलीसँग प्रतिस्पर्धामा थिए।

झापा- ५ मा केपी ओली ५ हजार मतले अगाडि, घण्टी तेस्रो

काठमाडौँ-  झापा क्षेत्र नम्बर- ५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको फराकिलो अग्रता कायमै छ। ताजा मतपरिणामअनुसार सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले १२ हजार १८६ मत प्राप्त ग‍रेका छन्। उनका निकटतम प्रतिष्पर्धी गठबन्धनमार्फत् नेपाली कांग्रेका उम्मेदवार खगेन्द्र अधिकारीले ७ हजार १०३ मत प्राप्त गरेका छन्। ओली र अधिकारीबीच ५०८३ मतको फराकिलो […]

अधिकारीले ओलीलाई टक्कर देलान् ?

काठमाडौं कात्तिक १२ । प्रतिनिधिसभा सदस्यका लागि दलका शीर्ष नेताहरूले प्रतिस्पर्धा गरिरहेका निर्वाचन क्षेत्र निकै चर्चामा छन्। प्रतिनिधिसभा सदस्यका लागि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली उम्मेदवार रहेको झापा निर्वाचन क्षेत्र नम्बर ५ अहिले विशेष चर्चामा छ। अघिल्लो निर्वाचनभन्दा यसपटक एमाले र ओलीका लागि अलिक फरक अवस्था छ। यसैकारण झापा ५ अहिले विशेष चर्चामा रहेको […]

केपी ओली झापा ५ बाट उम्मेदवारमा सिफारिस

काठमाडौं।केपी ओली झापा ५ बाट उम्मेदवारमा सिफारिस भएका छन्।काठमाडौं महानगरपलिकाले नयाँ बसपार्क क्षेत्रमा डोजर चलाएको छ।हालसम्म७५ जिल्लामा डेङ्गुको संक्रमण फैलिएको छ।भारतद्वारा नेपाललाई विभिन्न सैन्य सामाग्री हस्तान्तरण गरिएको छ।साफ महिला च्याम्पियनसिपका लागि सम्पूर्ण तयारी पूरा भएको छ।

केपी ओली झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारिश

काठमाडौं, २० भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनको लागि झापा-५ बाट प्रतिनिधि सभा उम्मेदवारको सिफारिस भएका छन् । पार्टीको क्षेत्रीय समितिको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो । पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट जितेका थिए ।

ब्याडमिन्टन कोर्टमा केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको बिर्तामोडमा बिहीबार बिहान ब्याडमिन्टन खेलेका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा ५ का चार वटै पालिकाका अगुवा कार्यकर्तासँग अलग अलग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रमका लागि झामा भएका ओलीले ब्याडमिन्टन खेलेका हुन् ।अध्यक्ष ओलीले ब्याडमिन्टन खेलिरहेको तस्विर अहिले भाइरल भएको छ । केही दिनअघि ओलीले स्कुटर चलाएको, स्कुनर खेलेको तस्विर पनि भाइरल बनेका थिए ।