भीमदत्तका १६ कर्मचारी संक्रमित : अत्यावश्यक बाहेकका सेवा बन्द

कञ्चनपुर : भीमदत्त नगरपालिकाका १६ जना कर्मचारीमा कोरोनाको संक्रमण देखापरेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन्।नगरपालिका कार्यालयले सार्वजनिक सूचना जारी गर्दै नगर प्रहरी, दमकल, अग्निनियन्त्रक, एम्बुलेन्स सेवा, सरसफाइ र आधारभूत स्वास्थ्य सेवा लगायतका अत्यावश्यक सेवा बाहेक अन्य सेवा स्थगित गरिएको जनाएको छ।सूचनामा माघ ६ गतेदेखि १० गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाइएको छ।‘नगरपालिकाका कर्मचारी तथा नागरिकमाझ ठूलो संख्यामा कोरोनाको संक्रमण पुष्टि भएको छ’, सूचनामा भनिएको

सम्बन्धित सामग्री

कास्की प्रशासनमा अत्यावश्यक बाहेकका सेवा बन्द

कर्मचारीहरू संक्रमित हुने क्रम बढेपछि कास्की जिल्ला प्रशासनले अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ ।

सामाजिक विकास मन्त्रालयको अत्यावश्यक बाहेकका सेवा बन्द

कैलालीः सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै अत्यावश्यक बाहेकका सेवा स्थगित भएको जनाएको छ।  मन्त्रालयले संक्रमित कर्मचारीको संख्या भने खुलाएको छैन।  अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सेवा स्थगन गरिएको मन्त्रालयले जनाएको छ।

ललितपुर महानगरमा पाँच दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द

९ माघ, ललितपुर । ललितपुर महानगरपालिकाले माघ १० गते सोमबारदेखि ५ दिनका अत्यावश्यक सेवामात्रै प्रदान गर्ने भएको छ । कोभिड १९को नयाँ भेरियन्ट (ओमिक्रोन) बाट संक्रमित भई महानगरका कर्मचारीहरु उपचार एवंम होम आइसोलेसनमा रहेकाले महानगरले अत्यावश्यक सेवा मात्रै दिन लागेको हो । नगर प्रमुख चिरीबाबु महर्जनले ओमिक्रोनका कारण प्रायजसो जनप्रतिनिधि र कर्मचारीहरु संक्रमित भएकाले कार्यालयमा […]

न्यायाधीश संक्रमित भएपछि बझाङ जिल्ला अदालत बन्द

बझाङ : न्यायाधीशसहित एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला अदालत बझाङले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।सेवाग्राही र अन्य कर्मचारीलाई कोरोना सर्ने जोखिम बढेपछि जिल्ला अदालत बझाङले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो।स्वास्थ्य परीक्षण गर्दा जिल्ला न्यायाधीश लगायत कर्मचारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो।कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर माघ १४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ।संक्रमण नियन्त्रणमा नआए थप केही दिन सेवा रोकिने पनि बताइएको

जिल्ला प्रशासन रुपन्देहीमा अत्यावश्यक बाहेकका सेवा बन्द

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गरेको छ । जिल्लामा कोरोना संक्रमण बढ्दै गएका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आइसोलेसनमा रहेका र कार्यालयमा अत्यधिक भिडभाड भई थप संक्रमण फैलिन सक्ने भन्दै सेवाहरू बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बुधवार सूचना जारी गर्दै […]

जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आफ्नो सबै सेवाहरु अर्को सूचना नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले शान्ति सुरक्षा, मुद्दा लगायत अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।कार्यालयले कोभिड संक्रमणका कारण कार्यालयका अधिकांश कर्मचारी संक्रमित भई हाल आइसोलेसनमा रहेका र कार्यालयमा अत्याधिक भिडभाड भै कोभिड थप फैलिन सक्ने जनाउँदै सेवा बन्द गरिएको जनाएको छ । बन्द गरिएका सेवाहरुमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता÷नवीकरण, पेन्स

कर्मचारीमा संक्रमण देखिएपछि राहदानी विभागका अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं, ५ माघ । कोरोना संक्रमणदर उच्च बृद्धि भएपछि देशभरका सम्पुर्ण कार्यालयहरुलाई त्यसको असर परेको छ । यसैक्रममा राहदानी विभागले पनि कर्मचारीमा कोरोना संक्रमण देखिएको जानकारी दिँदै केही सेवा कटौती गरेको जनाएको छ । विभागले आफ्नो कर्मचारीहरु कारोना संक्रमित भएको बताउँदै अतिआवश्यक बोहकका सेवा स्थगित हो । विदेशमा उपचारका लागि विदेश जाने जस्ता गम्भीर प्रकृतिका […]

जिल्ला प्रशासन ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बिहीबारदेखि बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि संक्रमित भएको भन्दै प्रशासनले अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि स्थगित गरेको हो ।

धनकुटा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा एक साता बन्द

वैशाख १९, धनकुटा । धनकुटा नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धनकुटा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।  नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवा वैशाख २० गतेदेखि वैशाख २६ गतेसम्मको लागि बन्द गरिएको नगरपालिकाले जानकारी दिएको छ ।  धनकुटाको पीसीआर परीक्षण ल्यावमा शनिवार गरिएको पीसीआर परीक्षणमा धनकुटा नगरपालिकामा कार्यरत एक पुरुषमा कोरोना पोजेटिभ देखिएको र अन्य कर्मचारीलाई पनि लक्षण देखा परेकाले थप संक्रमणको जोखिमलाई रोक्न कोरोना संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले नगरपालिकाले प्रवाह गर्दै आएको सेवा वैशाख २६ गतेसम्मको लागि बन्द गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर थापाले जानकारी दिए ।  यो अवधिमा नगरपालिकाले प्रभाव गर्दै आएको अत्यावश्यक सेवा प्राथमिक स्वास्थ्य सेवाहरु, शहरी स्वास्थ्य क्लिनिक, फोहोर मैला व्यवस्थापन, एम्बुलेन्स, दमकल, नगर प्रहरी, खानेपानी, विपद् व्यवस्थापन लगायतका कार्यहरु भने बन्द नहुने प्रशासकिय अधिकृत थापाले जानकारी दिए । यस्तै, धनकुटा नगरपालिकाले गत वैशाख ८ गते एकजना विद्यार्थीमा लक्षणसहित कोरोना संक्रमण पुष्टि भएपछि एक हप्ताका लागि गरेको नगरभरिका विद्यालयहरुमा विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ नहुने निर्णय अर्को सूचना जारी नभएसम्मका लागि थपेको छ । धनकुटा नगरपालिकाको कोभिड संकट व्यवस्थापन समिति (सिसिएमसी) को आइतवार बसेको बैठकले विद्यालयमा विद्यार्थीहरुको भौतिक उपस्थितिसहितको पठनपाठन नगर्ने, भर्चुअल वा वैकल्पिक सिकाइ विधिको उपयोग गरी शैक्षिक गतिविधि संकलन गर्ने निर्णय गरेको हो ।  नगरपालिकाले परीक्षा सञ्चालन भइरहेको विद्यालयहरुमा पनि परीक्षाका सबै गतिविधी रोक्न अनुरोध गरेको प्रशासकिय अधिकृत थापाले जानकारी दिए । धनकुटा नगरभरिका १० वडामा ५३ ओटा सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् । एउटै कक्षाका १३ विद्यार्थी संक्रमित धनकुटास्थित इन्स्टिच्युट अफ हेल्थ साइन्सको एउटै कक्षा कोठाका १३ विद्यार्थी संक्रमित भएका छन् । आवासीय रूपमा पढ्न बसेका सबै हेल्थ असिस्टेन्ट (एचए) तेस्रो वर्षमा अध्ययनरत हुन् ।  यहाँ एचए तेस्रो वर्षमा ४० जना अध्ययनरत रहेको इन्स्टिच्युटका सञ्चालक रामनारायण प्रसादले बताए । उनले भने ‘उच्च सावधानी कायम गरिएको थियो अकस्मात विद्यार्थीहरू बिरामी हुन थालेपछि परीक्षण गराउँदा यस्तो नतिजा आयो ।’ पहिलो र दोस्रो वर्षका विद्यार्थीको परीक्षणको नतिजा भने नेगेटिभ आएको उनले बताए ।  त्यहाँ कार्यरत प्रशिक्षक तथा कर्मचारी होम क्वारेन्टाइनमा छन् । पोजिटिभ नतिजा आएकामध्ये अधिकांश लक्षणसहितका बिरामी रहेको स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाईंले जानकारी दिए ।