चोरिएका २३ ओटा मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

कात्तिक १२, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट चोरिएका २३ ओटा मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवम् नियन्त्रण गर्न ट्राफिक प्रहरीले चलाएको विशेष अभियानका क्रममा विभिन्न क्षेत्रबाट हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरिएको महाशाखाले जानकारी दिएको छ । सवारी धनीले महाशाखामा दिएको निवेदनका आधारमा प्रहरीले खोजी अभियान चलाउँदै आएको छ । सो अभियानमा चोरीमा संलग्न व्यक्तिलाई समेत पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।  उनले मोटरसाइकल हराउन नदिन सबैको सहयोग र हातेमालोको खाँचो रहेको र विशेषगरी सवारी धनी थप सजक र जिम्मेवार हुनुपर्नेमा जोड दिए । विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकल बरामद गरिने र चोरीमा संलग्न मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी तत्कालै विभिन्न प्रहरी वृत्तहरूमा पठाउने गरेको महाशाखाले जानकारी दिएको छ । पछिल्लो समय स्कुटर चोरीका निवेदन बढ्न थालेको महाशाखाको तथ्यांकले प्रष्ट्याउँछ । विशेषगरी स्कुटर चालकले सवारी दर्ता किताब (विलबुक) डिक्की मै राख्ने गरेको र चाविसहित छाड्ने गरेकाले पनि चोरीका घटना बढेको पाइएको छ ।  त्यसैले प्रहरीले जथाभावी पार्किङ नगर्न, एकान्त स्थान र लामो समयसम्म पार्किङ नगर्न र थप अतिरिक्त सुरक्षाका उपाय प्रयोग गर्न अनुरोध गरेको छ । महाशाखाका अनुसार चालू आर्थिक वर्षमा हराएका ३८७ मोटरसाइकल मध्ये १७१ मोटरसाइकल नियन्त्रणमा लिइएकामा १६८ मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । चोरीमा संलग्न १९ जनालाई कारवाहीका लागि मोटरसाइकलसहित सम्बन्धित प्रहरी वृत्तमा पठाइएको महशाखाले जानकारी दिएको छ । रासस

सम्बन्धित सामग्री

प्रहरीले खोजेर बुझायो दुई सय ५२ मोटरसाइकल

नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको ६ महिनामा फेला पारी धनीलाई हस्तान्तरण गरिएको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका दुई सय ५२ ओटा सवारी …

हराएका ३० मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक कार्यालयमा आज मोटरसाइकल हस्तान्तरण गरेका हुन् । उनले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारीधनी पनि विशेष चनाखो र सजग हुनुपर्ने […]

हराएका ३० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाण्डाै – काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न ठाउँबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । कार्यालय प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक कार्यालयमा आज बिहीोार आयोजित एक कार्यक्रमका बीच मोटरसाइकल हस्तान्तरण गर्नुभएको हो । उहाँले हराएका मोटरसाइकल खोजी र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयम् सवारीधनी पनि विशेष चनाखो र सजक हुनुपर्ने बताउनुभयाे । सवारी चालक थप जिम्मेवार बनी सुरक्षित ठाउँमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सुरक्षाका उप...

हराएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ट्राफिक कार्यालयमा आज आयोजित एक समारोहका बीच मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।उनले हराएका मोटरसाइकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारीधनी पनि विशेष चनाखो र सजक हुनुपर्ने आवश्यकता औँल्याए । उनले सवारी चालक थप जिम्मेवार बनी सुरक्षित  स्थानमा मात्र पार्किङ गर्न, अतिरिक्त लक तथा सु

हराएका २५ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका १७ मोटरसाइकल र आठ स्कुटर फेला पारेर बुधबार एक कार्यक्रमका बीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक […]

हराएका मोटरसाइकल फेला पारी बुझाइयो

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ सवारी साधन (मोटरसाइकल) फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा हिजो (बिहीबार) एक समारोहका बीच १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो । ती मोटरसाइकल काठमाडौँ उपत्यकाको व्यस्त बजार तथा चक्रपथ आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी […]

हराएका २८ मोटरसाइकल फेला पारी बुझाइयो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ सवारी साधन (मोटरसाइकल) फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महाशाखामा आज एक समारोहका बीच १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो ।  ती मोटरसाइकल काठमाडौँ उपत्यकाको व्यस्त बजार तथा चक्रपथ आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी महाशाखामा परेको निवेदनका आधारमा टोली परिचालन गरी मोटरसाइकलको खोजी गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गरेका हुन् ।     मोटरस...

चोरिएका मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट चोरिएका २३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। उपत्यकामा हुने सवारी साधन चोरी घटनालाई न्यूनीकरण एवं नियन्त्रण गर्न ट्राफिक प्रहरीले चलाएको...

राजधानीबाट चोरी भएका २१ वटा मोटरसाइकल भेटिए

विभिन्न मितिमा राजधानीका फरक फरक स्थानबाट हराएका २१ वटा मोटरसाइकल फेला परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती मोटरसाइकल फेला पारी मंगलबार सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । हस्तान्तरण गरिएका मध्ये १० वटा मोटरसाईकल र ११ वटा स्कुटर रहेका छन ।ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोसाकको टोलीले खोजतलास गरि विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरु महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । भट्टराईले बिशेष सूचना संकलन र निगरानी

२२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण

१७ पुस, काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २२ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले फेला परेका मोटरसाइकल सम्बन्धित धनीलाई शुक्रबार हस्तान्तरण गरेका हुन् । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई जिम्मा लगाएको उनले बताए । […]