काठमाडाैं । तन्चाङफेवे समिति काठमाडौं क्षेत्रले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मुस्ताङबाट निर्वाचित सांसद योगेश गौचन थकालीलाई सोमबार राजधानीमा सम्मान गरेको छ । २९ बर्षको उमेरमा नै थकाली समुदायबाट प्रतिनिधि सभामा निर्वाचित सांसद थकालीलाई तन्चाङफेवे समितिको नवौं बृहत भेलाको आयोजना गरी उक्त सम्मान प्रदान गरेको हो । समितिका अध्यक्ष चन्द्रमान गौचनले सांसद थकालीलाई सम्मान गर्नु […]
पोखरा– प्रतिनिधि सभामा नेपाली कांग्रेसले उठाएका उम्मेदवारमध्ये सबैभन्दा कान्छा हुन् २९ बर्षे योगेश गौचन थकाली। एक मात्र निर्वाचन क्षेत्र रहेको हिमालपारिको जिल्ला मुस्ताङबाट उम्मेदवारी दिएका उनका प्रतिस्पर्धी थिए, नेकपा एमालेका ६० बर्षे प्रेम तुलाचन। प्रेम र योगेश साला–भेना हुन्। मुस्ताङका दुई पुस्ताको चुनावी भिडन्तको दृश्य रोचक थियो। योगेश पहिलो प्रयासमै संसदमा डेब्यु गर्न चाहन्थे त […]
यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले) का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको हो । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको हुनुहुन्छ । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान आकृष्ट भएको छ । निवर्तमान सांसद […]
काठमाडौं : मुस्ताङबाट नेपाली कांग्रेसका उममेदवार योगेश गौचन थकाली विजयी भएका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ्गले ४१ मत प्राप्त गरेका छन्। को हुन् गौचन? मुस्ताङको थासाङ गाउँपालिका–३ मा २०५० वैशाख २७ गते सालमा जन्मिएका गौचनले स्नातक
म्याग्दी : मुस्ताङबाट नेपाली कांग्रेसका उमेदवार योगेश गौचन थकाली विजयी भएका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्। उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङ्गले ४१ मत प्राप्त गरेका छन् ।
काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । उनले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन् । मुस्ताङमा ७ हजार २३० मत खसेको थियो । ३१ वर्षीया योगेश पहिलो पटक नै सांसदमा निर्वाचित भएका हुन् ।