एमालेले १० वैशाखमा महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउने

काठमाडौँ । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार १० वैशाखमा टुङ्गो लगाउने भएको छ । बिहीबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा उम्मेदवारको आकाङ्क्षीहरूको नाम प्रस्तुत भएको थियो । ती नाममाथि थप छलफल र अध्ययन गरेर १० गते बस्ने बैठकले उम्मेदवार टुङ्गो लगाउने बताइएको छ ।

सम्बन्धित सामग्री

यी हुन् एकीकृत समाजवादीको भागमा परेका महानगर र उपमहानगरका उम्मेदवार

काठमाडौं  :  नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ। गठबन्धनमा भएको सहमति अनुसार समाजवादीले पोखरा महानगरमा धनराज आचार्यलाई प्रमुखमा उठाउने भएको छ। यस्तै काठमाडौं महानगरको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाएको छ।यसै गरी हेटौंडा उपमहानगरको प्रमुखमा मिना लामा उम्मेदवार बनेकी छन्। त्यस्तै इटहरीको उपप्रमुखमा केशवकुमार विष्ट, बुटवलमा चिनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरको उपप्रमुखमा  जोगबहादुर रानामगरलाई उम्मेदवार

कांग्रेसमा महानगर र उपमहानगरको उम्मेदवार चयनको जिम्मा सभापतिलाई

नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टी सभापतिलाई दिएको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका उम्मेदवारको...

एमालेद्वारा काठमाडौँसहित ५ महानगर र ९ उपमहानगरको उम्मेदवार चयन (सूचीसहित)

काठमाडौँ । स्थानीय निर्वाचनका लागि नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारको टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपीशर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले केही स्थान बाहेक अन्य ठाउँका उम्मेदवारको टुंगो लगाएको हो । बैठकले ५ महानगर र ९ उपमहानगरको उम्मेदवार तय गरेको हो । एमालेले काठमाडौँ महानगरपालिकाको मेयरमा केशव स्थापितलाई […]

माओवादी केन्द्रले मनोनयनकै दिन उम्मेदवार टुंग्याउने

काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले महानगर र उपमहानगरका मेयर उपमेयरको उम्मेदवार आइतबार टुंग्याउने भएको छ।पार्टीको भागमा परेको एक मात्रै महानगर भरतपुरकी प्रमुख रेणु दाहालले पुन: उम्मेदवार हुन शुक्रबार राजीनामा दिइसकेकी छन् भने दुई महानगरको उपप्रमुख र २ उपमहानगरको प्रमुख उम्मेदवारको अन्तिम टुंगो लाग्न अझै बाँकी छ।जितपुर सिमरा उपमहानगरको प्रमुखमा क्षेत्रबहादुर श्रेष्ठ र राजन पौडेल तथा घोराही उपमहानगरको प्रमुखमा हेमराज शर्मा सिफारिस भएका छन्। घोराहीमा मेयरका अर्का आकांक्षी जीवन

माओवादीले टुङ्ग्यायो महानगर र उपमहानगरका उम्मेदवार

सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । महानगरमा मेयर र उपमेयर १/१  जना सहित उपमहानगरमा मेयर र उपमेयर २/२ जना भागबण्डामा पाएको थियो । माओवादीको भागबण्डामा परेको भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ । ललितपुर महानगरको उप मेयरमा बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाएको छ । यस्तै उक्त पार्टीले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।धनगढी उपमहानगरको उप

माओवादीले महानगर र उपमहानगरको मेयर उम्मेदवार टुंग्यायो

काठमाडौँ – पाँच दलीय गठबन्धनमा महानगर र उपमहानगरपालिकाकाबारेमा नेतृत्व टुंग्याउन नसकिरहेको बेला नेकपा माओवादी केन्द्रको भागमा परेको दुई उपमहानगरपालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ। भरतपुर महानगरपालिकाको मेयरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल पुन: दोहोरिने चर्चा चलिरहेको बेला माओवादीले आफ्नो भागमा परेको बारास्थित जितपुर सिमरा र दाङस्थित घोराही उपमहानगरपालिकाका लागि मेयरको उम्मेदवार टुंगो लगाएको हो […]

एमालेले महानगर र उपमहानगरको मेयर उपमेयर शनिबार टुंग्याउने

काठमाडौं : नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरका प्रमुख उपप्रमुखका उम्मेदवार पर्सि (शनिबार) टुंग्याउने भएको छ।आज बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ६ महानगर र ११ उपमहानगरको उम्मेदवार पर्सि टुंग्याउने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।एमालेले भोलि स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। पुष्पलाल स्मृति भवन च्यासलमा भोलि पार्टी केन्द्रीय कार्यालयको उद्घाटन गर्

महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो १ बजे बैठक बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए।  रिमालका अनुसार बैठकमा उम्मेदवारको मापदण्डबारे पनि छलफल हुनेछ। शुक्रबार सार्वजनिक हुने चुनावी घोषणापत्रको मस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ।सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागे

महानगर-उपमहानगरको बाँडफाँटमा सत्ता गठबन्धन सहमति नजिक (सम्भावित सूचीसहित)

काठमाडौँ – सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगर तथा उपमहानगरको चुनावी तालमेल लगभग टुंग्याएको छ । गठबन्धनको सोमबारको बैठकले महानगर तथा उपमहानगरमा कुन दलका उम्मेदवार बन्ने भन्ने विषयमा सहमति नजिक पुगेको हो । हाल कांग्रेसलाई तीन महानगरसहित सात उपमहानगरमा मेयरको उम्मेदवार दिने तयारी भएको छ । यस्तै, भरतपुर महानगरको मेयर माओवादीलाई र उपमेयरसहित सबै २९ […]

महानगर र उपमहानगरको उम्मेदवार टुङ्ग्याउन गठबन्धनको बैठक

काठमाण्डाै - महानगरपालिका र उपमहानरपालिकाको उम्मेदवार टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । आज बेलुकीसम्म ६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँट टुङ्गो लगाउने गठबन्धनका नेताहरुले दाबी गरेका छन् । तर गठबन्धनका पाँचवटै दलले आआफ्ना दाबी छोडेका छैनन् । सत्ता गठबन्धनमा सहभागी दलहरुले महानगर र उपमहानगरपालिकामा आ–आफ्नो दाबी गरेका छन् । नेपाली कांग्रेसले...