एमालेले महानगर र उपमहानगरको मेयर उपमेयर शनिबार टुंग्याउने

काठमाडौं : नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरका प्रमुख उपप्रमुखका उम्मेदवार पर्सि (शनिबार) टुंग्याउने भएको छ।आज बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ६ महानगर र ११ उपमहानगरको उम्मेदवार पर्सि टुंग्याउने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।एमालेले भोलि स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। पुष्पलाल स्मृति भवन च्यासलमा भोलि पार्टी केन्द्रीय कार्यालयको उद्घाटन गर्