काठमाडौं : स्थानीय तह निर्वाचनका लागि ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो १ बजे बैठक बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए। रिमालका अनुसार बैठकमा उम्मेदवारको मापदण्डबारे पनि छलफल हुनेछ। शुक्रबार सार्वजनिक हुने चुनावी घोषणापत्रको मस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ।सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागे