काठमाडौँको बाफलमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्न सकेको छैन । बाफलस्थित एउटा घरमा ५ दिनअघि जलेको अवस्थामा शव फेला परेको थियो । स्थानीय केशव पाण्डेको घरमा फेला परेको शवको अझै सनाखत हुन नसकेको हो ।कात्तिक ७ मा दुई तले घरमा ३० वर्ष माथिको उमेर समूहका पुरुषको शव जलेको अवस्थामा फेला परेको थियो । शवको पहिचान खुलाउने प्रयास भइरहेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।पाण्डेको घर खाली थियो । सो घरभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शवको त्रि