घाँटी रेटिएको अवस्थामा भेटिएको महिला र बालिकाको शवको पहिचान खुलेन

रुपन्देहीको देवदहस्थित घोडाहा जंगलमा ‘हत्या’ गरिएको अवस्थामा एक महिला र बालिकाको शव भेटियो। शव भेटिएको चार दिन भयो। तर, पहिचान अझै खुलेको छैन। प्रहरीले सामान्य सुराकसमेत नपाउँदा अनुसन्धानमै अलमल छ।घाँटी रेटिएको अवस्थामा भेटिएका शवको छेउमा एउटा धारिलो चक्कु थियो। शरीरमा लगाएका कपडा बाहेक उनीहरूको साथबाट कुनै कागजात भेटिएन। ‘न झोला, न मोबाइल। कपडा हेरेर मध्यम आर्थिक अवस्थाको परिवारसम्म होला भन्ने अनुमान छ,’ अनुसन्धानमा खटिरहेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी ना

सम्बन्धित सामग्री

एक बालिकाको शव फेला

दाङ : दाङमा एक बालिकाको शव फेला परेको छ।गढवा गाउँपालिका २ महादेवा स्थित राप्ती नदीको पुलनजिक राप्ती नदीको बगरमा नामथर वतन नखुलेको करिब १५/१६ वर्षकी बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।राप्ती नदीको बाढीले बगाई ल्याएको अवस्थामा बुधबार दिउँसो करिब ४ बजेतिर शव फेला परेकोले प्रहरीले जनाएको छ।उक्त शवको पहिचान नभएको हुँदा पहिचान गर्ने व्यक्तिहरूले उनको आफन्तहरूलाई जानकारी गराउनसमेत प्रहरीले आग्रह गरेको छ।

घोडाहाको जंगलमा भेटिएको शवको पहिचान हुन सकेन, प्रहरी भन्छ, ‘घाँटी रेटेर हत्या’

बुटवलः रूपन्देहीको देवदह नगरपालिक –९ घोडाहास्थित जंगलमा एक महिला र बालिकाको शव फेला परेको छ। घटनास्थल नजिकै अन्य कुनै प्रमाण फेला नपरेकाले शव पहिचान नभएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको बताए। घटनाको प्रारम्भिक अनुसन्धानले घाँटी…

रुपन्देहीको देवदहको जंगलमा महिला र बालिकाको शव भेटियो

रुपन्देहीको देवदहमा एक महिला र बालिकाको शव भेटिएको छ । देवदह नगरपालिकाको घोडाहास्थित जङ्गलमा एक महिला र एक बालिकाको शव फेला परेको ईलाका  प्रहरी कार्यलय बुटवलका प्रमुख डिएसपी ठग बहादुर केसीले रातोपाटीलाई बताए ।पुर्वपश्चिम् राजमार्गको दक्षिणतर्फ घना जंगलमा अन्दाजी ३५ वर्षकी महिला र अन्दाजी ५ वर्षकी बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ । कसैले हत्या गरेर शव छाडेर गएको हुनसक्ने उनले बताए ।  शवको पहिचान खुल्न नसकेको बताउँदै मृत शरीर पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको केस