कर्णालीमा सहिद र घाइतका छोराछोरीलाई स्नातकसम्म निःशुल्क शिक्षा

सुर्खेत। कर्णाली प्रदेशमा जनयुद्ध, जनआन्दोलन, प्रदेशप्राप्तिका आन्दोलनमा सहिद भएका तथा घाईतेका छोराछोरीले स्नातक तहसम्म निःशुल्क अध्ययन गर्न पाउने भएका छन्। बजेट भाषण गर्दै आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले यस्तो घोषणा गरेका हुन्। यस्तै सहिद परिवार, बेपत्ता र घाईते, अपाङगता भएका व्यक्ति तथा द्वन्द्व प्रभावितको आर्थिक विकासका लागि आयमूलक तालिम सञ्चालन हुने उनले बताए।