काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा गर्ने भरपर्दो सुरक्षाकर्मीको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
त्रिविले विज्ञप्ति निकालेर विश्वविद्यालयलाई नै बन्धक बनाउने गरी हुलहुज्जत र तालाबन्दी गर्ने समूहमा आबद्ध व्यक्तिलाई कारबाही गर्नुको साथै कार्यालय परिसरमा सुरक्षाकर्मीको माग गरेको हो ।
विद्यार्थीको केही समूहले तालाबन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक काम कारबाही गर्दा बारम्बार कार्यालयमा जबरजस्ती प्रवेश गरी अवरोध सृजना गर्ने, ...