नेकपा (एमाले) केन्द्रीय कार्यालय सञ्चालनलाई चुस्त र दुरुस्त बनाइएको भएको छ । केन्द्रीय कार्यालय सचिवमा नवनियुक्त शेरबहादुर तामाङले सो पार्टीको केन्द्रीय कार्यालय थापाथलीमा आज पदभार ग्रहण गर्दै उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।
तामाङलाई पार्टीका महासचिव ईश्वर पोखरेलले स्वागत गर्दै पदबहाली गराएका थिए । यही वैशाख १० गते सम्पन्न एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले तामाङलाई सो जिम्मेवारी दिएको थियो । नेता तामाङले पार्टीका नेता र कार्यकर्ताबीचको अन्तरसम्बन्धलाई थप बलियो बनाइने प्रतिबद्धता पनि व्यक्त गरे ।