मर्कै छर्ने चटाराे : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा गोरुले बारी जोतेर मकै छर्दै गरेका स्थानीय किसान । तस्वीर : कमल खत्री/रासस
The post मर्कै छर्ने चटाराे : म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा गोरुले बारी जोतेर मकै छर्दै गरेका स्थानीय किसान । तस्वीर : कमल खत्री/रासस appeared first on राजधानी राष्ट्रिय दैनिक.
म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको फाँटमा रोपाइँ गर्दै गरेका स्थानीय बासिन्दा । पर्याप्त वर्षा नभएको कारण जिल्लामा पानीको सिँचाइ सुविधा भएका ठाउँमा मात्रै रोपाइँ भएको छ । तस्वीर : कमल खत्री/रासस
म्याग्दीको बेनी नगरपालिका वडा नं २ ज्यामरुककोटको फापरखेत गाउँ । अर्ग्यानिक खेती प्रणाली र परम्परागत जीवन शैली रहेको यो गाउँ जिल्लाको ऐतिहासिकस्थल खड्गभवानी कोतको पुच्छरमा रहेको छ । तस्वीर : रासस
सुनसान बनेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड । कोरोना भाइरसको तेस्रो लहर फैलिएसँगै तातोपानी कुण्डमा स्नान गर्ने मानिस नआएपछि सुनसान भएको हो । तस्वीर : रासस
म्याग्दीको बेनी नगरपालिका - ५ मा पर्ने ऐतिहासिकस्थल डढेकोटबाट देखिएको धौलागिरि हिमशृङ्खला । धौलागिरी हिमालको उचाइ ८ हजार १६७ मिटर रहेको छ। तस्वीर : रासस
म्याग्दीको बेनी नगरपालिका– ५ केबहिलबाट शनिवार देखिएको धौलागिरि हिमाल । धौलागिरीको शाब्दिक अर्थ सेतो पहाड हुन्छ। यो संसारको सातौं अग्लो हिमश्रृंखला हो । यसको उचाई ८ हजार १६७ मिटर रहेको छ । तस्वीर : रासस
म्याग्दीको बेनी नगरपालिका वडा न ६ का कृषकहरुलाई यान्त्रिक हलो वितरण गरिएको छ । शुक्रबार प्रमुख प्रशासकीय अधिकृत छबीलाल सुबेदी, वडा अध्यक्ष कृष्णसिंह बानिया, कृषि अधिकृत आकृति ढुङ्गानालगायतले सो वडाका २७ जना कृषकहरुलाई ३३ प्रतिशत अनुदानमा २७ वटा यान्त्रिक हलो वितरण गरिएको हो । तस्वीर सन्तोष गौतम, रासस
प्राकृतिक चिकित्सालयको नामले परिचित म्याग्दीको बेनी नगरपालिका– ४ स्थित सिंगामा तातोपानी कुण्डमा डुबेर उपचार गर्दै गरेका बिरामी । यहाँ एक हप्तामा दैनिक ४ घण्टा एकसम्म डुबेपछि ग्याष्ट्रिक, बाथ, चर्मरोग, सर्केमर्केका लगायतका रोगहरु निको हुने जनविश्वास रहेको छ । तस्वीर,रासस