सीता भण्डारी मृत्यु प्रकरण : २५ दिनसम्म उठेन शव

रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा भएको सीता भण्डारी मृत्यु प्रकरणपछि सुरु भएको आन्दोलन २५ औं दिनमा पुगेको छ । मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भण्डारी भदौ २० गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।

सम्बन्धित सामग्री

सीता भण्डारी मृत्यु प्रकरण : ४६ दिनपछि मृतकको अन्त्येष्टि

घरभित्रै रहस्यमय तरिकाबाट मृत अवस्थामा भेटिएकी रुपन्देहीकी सीता भण्डारी पौडेलको ४६ दिनपछि अन्त्येष्टि भएको छ । तिलोत्तमा नगरपालिका ५ मणिग्रामकी २७ वर्षीय सीता गत भदौ २० गते बिहान झुण्डिएको तर पासो काटेको अवस्थामा मृत फेला परेकी थिइन् । प्रहरी अनुसन्धान र चिकित्सकीय रिपोर्टमा आत्महत्या देखाए पनि माइतीपक्षले उनको हत्या भएको भन्दै शव बुझ्न इन्कार गरेका थिए ।

सीता भण्डारी मृत्यु प्रकरण : ११ लाख दिने सहमतिपछि ४६ दिनमा आफन्तले बुझे शव

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ वर्षीया सीता भण्डारीको शव ४६ दिनमा आफन्तले बुझेका छन् । माइती पक्षलाई ११ लाख रुपैयाँ दिने सहमति भएपछि शव उठेको हो । आत्महत्या गरेको भनिएकी सीताको मृत्युको विषयलाई लिएर आन्दोलन चर्केपछि माइती पक्षले शव उठाएका थिएनन् । आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालत रुपन्देहीले मृतकका श्रीमान्, जेठाजु र आमाजूलाई पुर्पक्षका […]

सीता भण्डारी मृत्यु प्रकरण : नागरिक समाजले साथ दिए शव उठाउन राजी

रूपन्देहीको तिलोत्तमा–५ स्थित आफ्नै घरमा मृत फेला परेकी सीता भण्डारीको शव ३५ दिन बित्दासमेत अन्त्येष्टि भएको छैन । आत्महत्या नभई परिवारले मारेको दाबीसहित माइती पक्ष र नागरिक समाज आन्दोलनमा उत्रिएपछि शवको अत्येष्टि नभएको हो ।

सीता भण्डारी मृत्यु प्रकरण : श्रीमान्, जेठाजु र आमाजु पुर्पक्षका लागि जेल चलान

आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजु हरि पौड्याल र आमाजु  विष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सीता भण्डारी मृत्यु प्रकरण : पति, जेठाजु र आमाजू पुर्पक्षका लागि कारागार चलान

२१ असोज, बुटवल । रुपन्देही मणिग्रामकी सीता भण्डारी पौडेलको मृत्यु प्रकरणमा उनका पतिसहित परिवारका तीनजना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् । भदौ २० गते बिहान आफ्नै कोठामा मृत भेटिएकी २७ वर्षीया सीताका माइती पक्षले आत्महत्या नभई हत्या भएको दावी गर्दै जाहेरी दिएका थिए । बुधबार जिल्ला अदालतका न्यायाधीश पिताम्वर शर्माको इजलासमा भएको बहसपछि […]

सीता भण्डारी मृत्यु प्रकरण, श्रीमानसहित तीन जना कारागार चलान

बुटवल : भदौ २० गते बिहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी रुपन्देही तिलोत्तमाकी सीता भण्डारी पौडेल मृत्यु प्रकरणमा तीन जना आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन्। मृतक सीताका  माइती पक्षले श्रीमान टिका पौडेल, अमाजु विष्णु पौडेल, जेठाजु हरि पौडेलले आत्महत्याका लागि बाध्य पारेको भन्दै आत्महत्या दुरुत्साहन मुद्दा दिएका थिए। जिल्ला अदालतका न्यायधिश पिताम्बर शर्माको इजलासमा भएको बहस पछि बुधबार भएको थुनछेक आदेशबाट उनीहरु तिनै जनालाई पुर्पक्षका लागी कारागार पठाउ

सीता भण्डारी ‘मृत्यु’ प्रकरण : सुसाइड नोट फेला परेको प्रहरीको दाबी

१५ असोज, बुटवल। रूपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारी पौडेलले आत्महत्या अघि ‘सुसाइड नोट’ लेखेको प्रहरीले बताएको छ । सीता गत भदौ २० बिहान सीता आफ्नै घरको एक कोठामा मृत भेटिएकी थिइन् । घटनाको अनुसन्धानका लागि आएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोलीले स्थलगतरुपमा प्राविधिक विश्लेषण गरेको थियो। सीता र उनका श्रीमान टिका […]