कोमल वलीदेखि नवीना लामासम्म एमाले केन्द्रीय सदस्य प्रस्तावित

दशौं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय सदस्यको सूचीमा कोमल वलीदेखि नवीना लामासम्म परेका छन् । आइतवार मध्यरात शुरू भएको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यको सूची प्रस्ताव गरेका हुन् । विद्या भट्टराई, शर्मिला कार्की सरिता न्यौपाने, कमला बोहरा लगायत छन् । कार्की गैर सरकारी संस्था महासंघकी पूर्व अध्यक्ष हुन् । 

सम्बन्धित सामग्री

एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बद्री न्यौपानेद्वारा एमाले परित्याग

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बद्री प्रसाद न्यौपानेले नेकपा एमाले परित्याग गरेका छन् । नेकपा एमालेले जनता समाजवादी पार्टी सँग गरेको चुनावी गठबन्धनप्रति आपत्ति जनाउदै न्यौपानेले एमाले परित्याग गरेका हुन् । उनी एमालेका सर्लाही जिल्ला सह-ईन्चार्ज पनि थिए । चुरे भावर आन्दोलनका नेता समेत रहेका न्यौपानेले जसपालाई मधेशी पहाडीबीच सम्प्रायिकता भड्काउने पार्टीको […] The post एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बद्री न्यौपानेद्वारा एमाले परित्याग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमाले केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले पदबाट राजीनामा दिनुभएकाे छ । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिनुभएकाे हाे । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उहाँको दाबी छ । तत्कालिन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा पार्टीलाई […]

एमाले केन्द्रीय सदस्य न्यौपानेले दिए राजीनामा

२९ असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेले राजीनामा दिएका छन् । जनता समाजवादी पार्टी (जसपा)सँग भएको चुनावी तालमेलप्रति असहमति जनाउँदै न्यौपानेले राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसपासँग गरेको सहमति जनताको माग विपरीत भएको उनको दाबी छ । तत्कालीन चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष रहेका न्यौपानेले २०७४ सालमा […]

एमाले केन्द्रीय सदस्य निरौला एकीकृत समाजवादीमा प्रवेश

एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद धर्मराज निरौला नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपालले सुनसरीमा आयोजित कार्यक्रममा निरौलासहित नौजना प्रदेश कमिटी सदस्य, ३० जना जिल्ला कमिटीका...

बालकृष्ण ढुंगेल १६६६ मत ल्याई बने एमाले केन्द्रीय सदस्य

काठमाडौं, १४ मंसिर । नेकपा माओवादीबाट नेकपा एमालेमा प्रवेश गरेका बालकृष्ण ढुंगेल १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । ढुंगेलले १६६६ मत ल्याएका छन् । ढुंगेल सशस्त्र द्वन्द्वका क्रममा एउटा हत्यामा आरोपी भई जेल समेत परेका थिए । ओखलढुंगाका ढुंगेलको एमाले प्रवेशलाई अर्थपूर्ण मानिएको थियो । एमालेभित्र पूर्वमाओवादी अनुमोदित भएकामा बादल, टोपबहादुर रायमाझी, लेखराज […]

कञ्चनपुरका यी ६ नेता एमाले केन्द्रीय सदस्य निर्वाचित

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट कञ्चनपुरका ६ नेता केन्द्रीय सदस्य निर्वाचित भएका छन् । खुलातर्फ नरबहादुर धामी, महिलातर्फ निरुदेवी पाल, कमला बोहरा र इन्दु कडरिया थारु खुलातर्फ कृपाराम राना तथा सुदूरपश्चिम भूगोलतर्फ राजेन्द्रसिंह रावल केन्द्रीय सदस्य बनेका छन् । अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको ३०१ सदस्यीय केन्द्रीय कमिटीमा यी ६ नेता परेका छन् । ओलीको प्रस्तावलाई बन्दसत्रले सर्वसम्मतिले अनुमोदन गरेको जनाइएको छ ।

बालकृष्ण ढुंगेल पनि एमाले केन्द्रीय सदस्य

नेकपा एमालेको नयाँ केन्द्रीय समितिमा पूर्व माओवादी पृष्ठभूमिका बालकृष्ण ढुंगेल समेटिएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा अ‍ोलीले आइतवार मध्यरातमा केन्द्रीय सदस्यको सूची प्रस्ताव गरेका हुन् । माओवादी सशस्त्र जनयुद्धको समयमा व्यक्ति हत्याको आरोपमा जेल सजाय भोगेका ढुंगेल नेकपा विभाजनपछि एमालेतर्फ लागेका थिए । पूर्व माओवादी पृष्ठभूमिबाट आएका दावा लामा, ज्वाला कुमारी साह, लीला भण्डारी लगायत केन्द्रीय सदस्य बनेका छन् ।

एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी (एस)मा प्रवेश गरेका छन्। उनलाई एसका अध्यक्ष माधव कुमार नेपालले एक कार्यक्रमका बिच पार्टी प्रवेश गराएका छन्। बझाङका जोशी पूर्व मन्त्रीसमेत...

एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश

काठमाण्डाै – नेकपा एमाले केन्द्रीय सदस्य भानुभक्त जोशी नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नु भएको छ । जोशीलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्वागत गर्नु भएको छ ।   १० बुँदे सहमतिकाे कार्यान्वयन नभएको भन्दै उहाँले एमाले त्यागेको बताउनु भएको छ । एकीकृत समाजवादीमा प्रवेश गर्नुअघि जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र वाचन गर्नु भएको थियो ।  यसअघि वनमन्त्रीकाे जिम्मेवारी पनि सम्हालीसक्नुभएका जोशी २०५१ सालको निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा न...