जर्मनी र अष्ट्रियाका कारण आजदेखि विश्वकपका २ खेल एकै समयमा

कतारमा जारी विश्वकप फुटबल  प्रतियोगिता अन्तर्गत आज मंगलबार समुह चरणको अन्तिम चरणका खेलहरु हुदैछन्। समुह चरणका यस अघिका खेलहरु फरक फरक समयमा हुने गरेको भएपनि अन्तिम चरणका खेलहरु एकै समयमा सुरु हुनेछ । समुहमा रहेका ४ वटै टोली एकै समयमा मैदान उत्रने छन् । आज देखि समुह चरणका अन्तिम खेलहरु ८:४५ र १२:४५ मा हुने छ । ८:४५ मा २ खेल हुने छ भने १२:४५ मा पनि २ खेल नै हुने छ । नकआउट चरणमा पुगेपछि भने एक समयमा १ खेल मात्र हुने छ ।एकै समयमा २ खेल हुँदा प्रत्यक्ष खेल हेर्ने बानी परेका समर्थकलाई खेल हेर्न केहि असहज पक्कै हुनेछ । साथमा किन यस्तो भएको होला भन्ने जिज्ञासा हुन सक्छ ।  विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यो नियम बनाएको हो  ।  फिफाले रहरले एकै समयमा २ खेल राखेको भने होइन । यो फिफाको बाध्यता हो । सन् १९८२ को बिश्वकपमा जर्मनीले म्याच फिक्सिङ गरेपछि बाध्यताबस फिफाले समुह चरणका अन्तिम खेल एकै समयमा गर्ने गरेको छ ।के गरेको थियो जर्मनीले ? यस्तो छ रोचक प्रसङ्ग  सन् १९८२ को विश्वकपमा वेस्ट जर्मनी नामले चिनिने जर्मनको टोली ग्रुप २ मा थियो । यस ग्रुपमा वेस्ट जर्मनी संगै अल्जेरिया, अस्ट्रिया र चिली थिए । अल्जेरियाले पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो । डेब्यु गरेको अल्जेरियाले वेस्ट जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै उत्कृष्ट लयमा प्रतियोगिता सुरु गर्यो । अल्जेरियाले दोस्रो खेलमा अस्ट्रियासंग २-० पराजय बेहोर्यो तर तेस्रो खेलमा चिलीलाई ३-२ गोल अन्तरले पराजित गर्दै ३ खेलमा ४ अंक बटुल्यो । त्यस समय १ खेल जितेको २ अंक मात्र आउथ्यो । यस संगै अल्जेरिया बिश्वकपमा २ खेल जित्ने पहिलो अफ्रिकन टोली बन्यो ।  चिली र अल्जेरियाले ३ खेल खेलीसकेका थिए । तर जर्मनी र अस्ट्रियाले आफ्नो तेस्रो खेल खेल्न बाँकि थियो । जर्मनी र अस्ट्रियाले खेल्नु अगाडी अस्ट्रिया ४ अंक सहित शिर्ष स्थानमा थियो भने अल्जेरिया पनि ४ अंक सहित दोस्रो स्थानमा थियो  ।  जर्मनी २ अंक सहित तेस्रो स्थानमा थियो  । जर्मनी र अस्ट्रियाबीचको खेलमा जे भयो त्यसको कारण बलियो रहेको अल्जेरिया दोस्रो चरणमा पुग्न सकेन । त्यसलाई 'डिसग्रेस अफ गिजोन' पनि भनिन्छ । त्यो बिश्वकप स्पेनमा भएको थियो भने गिजोन स्पेनको शहर हो जहाँ जर्मनी र अस्ट्रियाबीचको खेल भएको थियो । खेल सुरु भएको १० मिनेट मै जर्मनीले गोल गर्यो ।  त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास समेत गरेनन्। बिपक्षी टोलीका खेलाडीहरुले खोस्न नआएसम्म आफ्नो टोलीका सदस्यलाई मात्र बल पास गरि रहे । दुवै टिमले गोल गर्ने कुनै प्रयास नै गरेनन ।  खेल जर्मनीले जितेपछि जर्मनी , अस्ट्रिया र अल्जेरिया सबैको समान ४-४ अंक भयो ।  तर गोल डिफरेन्सको आधारमा जर्मनी, र अस्ट्रिया अर्को चरणमा पुगे भने अल्जेरिया अर्को चरणमा पुग्न बन्चित भयो । जर्मनी र अस्ट्रिया दुवैटोली अर्को चरण पुग्न खेलको नतिजा कस्तो आउनु पर्छ भन्ने दुवै टोलीलाई थाहा भईसकेको थियो र उनीहरुले सोहि अनुसारको नतिजा निकाले । दुवै टोली युरोपियन थिए र दुवै टोली अर्को चरणमा पुगोस् भनेर अस्ट्रियाले खेल जितेर वा बराबरी गरेर समुह बिजेता बन्ने अवसर पनि त्यागी दियो । खेल सुरु हुनु भन्दा अगाडी नै दुवै टोलीलाई जर्मनीले १ वा २ गोलले जिते जर्मनी र अस्ट्रिया अर्को चरण पुग्छ भन्ने थाहा भईसकेको थियो । तर जर्मनीले ३ वा बढी गोलले जितेमा जर्मनी सहित अल्जेरिया अर्को चरण जाने थियो । साथै अस्ट्रियाले खेल बराबरी गरेको भए वा जितेको भए अस्ट्रिया सहित अल्जेरिया अर्को चरणमा जाने थियो ।  यसरी जर्मनी र अस्ट्रियालाई कुन नतिजा निकाल्नु पर्छ भने पहिले नै थाहा थियो । र उनीहरुले त्यहि नै गरे ।  रुष्ट बनेको अल्जेरियाले रेफ्रीले एक्सन लिनु पर्थ्यो भनेर जर्मनी र अस्ट्रियाले म्याच फिक्सिङ गरेको दाबी सहित फिफामा यसबारे उजुरी गर्यो । तर फिफाले कुनै पनि नियम नतोडिएको जनाउदै कारबाही गर्न मानेन ।  तर फिफाले भविष्यमा यस्ता समस्या नआओस भने समुहचरणको अन्तिम खेलहरु एकै समयमा गर्ने निर्णय गर्यो । यसो गर्दा खेल खेल्ने टोलीलाइ अर्को चरण पुग्न कस्तो नतिजा ल्याउन पर्छ भन्ने थाहा हुन् सक्ने थिएँन र सबैले जित्नको लागि खेल्छन् भन्ने फिफाको बिश्वास थियो । त्यसपछि १९८४ मा भएको युरोकप देखि नै समुह चरणको अन्तिम खेल एकै समुहमा हुन थाल्यो । बिश्वकपमा भने १९८६ देखि यसो गर्न थालिएको हो ।  म्याच फिक्सिङ गरेर अर्को चरण पुगेको भनिएको जर्मनी भने फाइनल खेलमा इटाली संग ३-१ ले पराजित हुदै उपविजेता मै सिमित रह्यो।   फिक्सिङ गरेको भनिएको अर्को टोली अस्ट्रिया भने दोस्रो चरण पुगेपनि फ्रान्ससंग पराजित हुदै नक आउट चरण नै पुग्न सकेन ।

सम्बन्धित सामग्री

जर्मनी गहिरो मन्दीतर्फ– आईएमएफ

जर्मनी, २३ असोज । जर्मनीले पहिले अनुमान गरिएको भन्दा धेरै नै गहिरो मन्दीको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले मङ्गलबार बताएको छ । आईएमएफले सन् २०२३ मा जर्मनी सबैभन्दा खराब प्रदर्शन गर्ने सबैभन्दा ठूलो अर्थतन्त्र हुने प्रक्षेपण गरेको छ । उच्च मुद्रास्फीति र निर्माण क्षेत्रमा आएको मन्दीका कारण जर्मन अर्थतन्त्र यो वर्ष शून्य दशमलव पाँच […]

जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न गृहकार्य

४ असार, काठमाडौं । सरकारले जर्मनी र रोमानियासँग श्रम समझदारी गर्न प्रक्रिया अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जर्मनी र रोमानियामा श्रमका लागि जाने श्रमिकको हकहित रक्षा गर्ने भन्दै श्रम सम्झौताको गृहकार्य अघि बढाएको हो । मन्त्रालय स्रोतका अनुसार यी दुई देशसँग श्रम समझदारी गर्न समझदारीपत्रको मस्यौदा तयार गरेर पठाइएको छ […]

मैत्रीपूर्ण खेलमा पोल्याण्डसँग जर्मनी पराजित

बार्सा– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी पोल्यान्डसँग पराजित भएको छ । गएराति घरेलु टोली पोल्यान्डसँग प्रतिस्पर्धामा उत्रिएको फिफा विश्वकप विजेता जर्मनी १–० गोलले पराजित भएको हो । पोल्याण्डका ज्याकव किविओरले एक गोल गरेका थिए । उनले खेलको ३१औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो । योसँगै जर्मनी तीन खेलमा जितविहीन बन्न पुग्यो । यसअघिका […]

जर्मनी विश्वकपबाट बाहिरियो

जर्मनी फिफा विश्वकप फुटबल २०२२ को समूह चरणबाट बाहिरिएको छ । जर्मनी लगातार दोस्रो संस्करणमा प्रतियोगिताबाट बाहिरिएको हो । बिहीबार राति भएको खेलमा कोस्टारिकालाई ४–२ गोल अन्तरले पराजित गरे पनि जर्मनी प्रतियोगिताबाट बाहिरिएको हो । अल बायत स्टेडियममा खेलको १० औं मिनेटमा सेर्जी जिनाब्रीले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए ।यता कोस्टारिकाले खेलको ५८ औं मिनेटमा बरारबी गोल फर्कायो । उसका लागि येल्त्सिन तेजेडाले गोल गरे ।  खेलको ७० औं मिनेटमा जुआन पाब्लो भेर्गासले गोल गर्दै को

बराबरीमा रोकिए स्पेन र जर्मनी

फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न खेलमा स्पेन र जर्मनी बराबरीमा रोकिएका छन्। अब बायत स्टेडियममा सम्पन्न खेलमा समूह 'ई' को खेलमा सब्सिच्युड खेलाडीका रुपमा मैदान पसेका निक्लास फुलक्रुगले अन्तिम समयमा गोल फर्काउँदा जर्मनी हारबाट जोगिएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ६२ औं मिनेटमा अल्भारो मोराटाको गोलमा स्पेनले…

दुई युरोपेली हेभीवेट स्पेन र जर्मनी भिड्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत आइतबार हुने समूह चरणको अन्तिम खेलमा दुई युरोपेली हेभीवेट जर्मनी र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार राति १२ः४५ बजेपछि अल बायत रंगशालामा हुोछ । यि दुई राष्ट्रबीचको खेलले सारा विश्वको ध्यान खिच्ने अनुमान गरिदा खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको […]

नेसन्स लिग फुटबलमा हंगेरीसँग हार्‍याे जर्मनी

घरेलु टाेली जर्मनी नेसन्स लिग फुटबलमा हंगेरीसँग पराजित भएको छ । आज बिहान भएको खेलमा हंगेरीसँग जर्मनी १-० गोलले हारेकाे हाे

फ्रान्सलाई हराउँदै जर्मनी फाइनलमा

काठमाडौं । जर्मनी इंग्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ ले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो । जर्मनीको जितमा एलेक्सान्ड्रा पोप्प ले दुवै गोल गरिन् । फ्रान्सले भने उपहार गोल पाएको थियो । खेलको ४० औं मिनेटमा पोप्पले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता […]

जोर्डनका राजा उपचारका लागि जर्मनी प्रस्थान

अम्मान । जोर्डनका राजा अब्दुल्लाह द्वितीय उपचारका लागि जर्मनी प्रस्थान गरेका छन् । उनको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि त्यसको उपचारका लागि आकस्मिक रूपमा जर्मनी लागेका हुन् । यहाँको रोयल हासे मित कोर्टले जोर्डनका राजाको स्वास्थ्यमा असर देखिएपछि उपचारका लागि अकस्मिकरुपमा जर्मनी प्रस्थान गरेको बताएको छ । उनको अनुपस्थितिमा जोर्डनका युवराज अल हसन बिन अब्दुल्लाह […]

विश्वकप छनोट : जर्मनी पराजित

काठमाडौं :   विश्वकप छनोट  खेलमा जर्मनी पराजित भएको छ। गएराति सम्पन्न खेलमा जर्मनी उत्तरी मासेडोनियासँग २-१ गोल अन्तरले पराजित भएको हो।उत्तरी मासेडोनियाको जितमा गोरान पाण्डेभ र एल्जिभ एल्मासले एक एक गोल गरेका थिए भने जर्मनीका लागि खेलको ६३औ मिनेटमा इके गुनडोगनले पेनाल्टीमार्फत गोल गरेका थिए।यो हार पछि जर्मनी समुह जे मा तेस्रो स्थानमा पुगेको छ। जर्मनीको ३ खेलमा ६ अंक रहेको छ। त्यस्तै उत्तरी मसेड़ोनियाको ३ खेलमा ६ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ।अब जर्मनीले विश्वकप छनौट अन्तर्गत