पश्चिम युरोपमा बाढीको कहरः जर्मनी, बेल्जियम र नेदरल्याण्ड्समा १२० जनाभन्दा बढीको मृत्यु

बीबीसी। पश्चिम युरोपेली विभिन्न राष्ट्रमा भारी वर्षापछि आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ। जर्मनी, बेल्जियम र नेदरल्याण्ड्समा बाढीमा परी १२० भन्दा बढीको मृत्यु भइसकेको छ भने सयौं बेपत्ता भएका छन्। पश्चिम युरोपमा यस्तो बाढी यसअघि नआएको बताइएको छ। तटबन्धहरु भत्किँदा पानी सहरमा छिरेको छ। ग्रामीण क्षेत्रमा धेरै घर डुबान र बगाएको स्थानीय मिडियाले जनाएका छन्।