काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्र बैंकले शेयर बजारमा लगाएको १२ करोडको नीतिले परेको प्रभावको विषयमा आवश्यक संवाद भइरहेको बताउनुभएको छ ।
आज बिहीवार बसेको प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले लगाताररूपमा शेयर बजारमा आएको गिरावटका विषयमा सरकार जानकार रहेको बताउनुभयो । अर्थमन्त्री महतले राष्ट्र बैंकले शेयर कर्जामा लगाएको १२ करोडको सीमाले शेयर बजार प्रभावित बनाएको दाबी गर्नुभयो । सरकार शेयर बजारले सहज रूप लिनुपर्छ भन्ने पक्षमा रह...