काठमाडौं : ‘स्कुलका सबै साथीको गर्लफ्रेन्ड हुन्थ्यो। म सानो फुच्चेलाई कसैले हेर्थेन। तर, कक्षा ९ मा हुँदा लभ पर्यो। फर्स्ट लभ। स्कुल कार्यक्रममा भेटेका थियौं।’
अभिनेता प्रदीप खड्काले पहिलो प्रेमबारे यसरी नै ब्रिफिङ गर्न भ्याए।
युवा दर्शकले निकै रुचाएका प्रदीप विद्यालय जीवनमा निकै दुब्ला थिए। त्यतिखेर साथीहरुका गर्लफ्रेन्ड थिए।