साउथ फिल्म ‘थिरिमाली’मा स्वस्तिमा

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको अभिनय दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा पनि देख्न सकिने भएको छ । नेपाली फिल्म ‘ग्याङस्टार ब्लूज’का निर्माता सरोज न्यौपानेले दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमा’सँग मिलेर निर्माण गरेको यो फिल्ममा स्वस्तिमाको अलवा माओत्से गुरुङ, उमेश तामाङ लगायत नेपाली कलाकारको अभिनय देख्न सकिन्छ ।राजिब सेट्टीको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मा लगायतको मुख्य भूमिक

सम्बन्धित सामग्री

नेपालमा आज किन रिलिज भएनन् यी दुई साउथ फिल्म?

काठमाडौं : आज शुक्रवार सिनेमाहलमा नेपाली फिल्मसहित दुई साउथ फिल्महरु प्रदर्शन हुने तय भएको थियो। तर, साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित ‘तिम्रो मेरो साथ’ र सारा सिर्पाइलीको मुख्य भूमिका रहेको ‘गुञ्जन’ मात्रै आज रिलिज भए। चिरञ्जीवीको ‘वाल्टेयर वीरैया’ र थलापति विजयको ‘वारिसु’ आज नेपालमा प्रदर्शन हुन सकेन। बिग मुभिजसहित वान सिनेमाजले दुवै साउथ फिल्महरुलाई…

लेडी सुपरस्टार नयनतारा र निर्देशक विग्नेश सिवन विवाह बन्धनमा बाँधिए

साउथ फिल्म इन्डस्ट्रीकी लेडी सुपरस्टार नयनतारा र निर्देशक विग्नेश सिवान विवाह बन्धनमा बाँधिएका छन्।...

नेपालमा साउथ फिल्म ‘७७७ चार्ली’को प्रिमियर हुँदै

काठमाडौं । नेपालमा पहिलोपटक दक्षिण भारतीय फिल्मको प्रिमियर हुने भएको छ । शुक्रबार नेपालमा समेत रिलिज हुन लागेको फिल्म ‘७७७ चार्ली’ले पूर्वसन्ध्यामा काठमाडौंमा प्रिमियर गर्न लागेको हो । रक्षित सेट्टी, संगीता श्रींगेरी र राजवी सेट्टी अभिनित फिल्मले निराशा र एक्लोपनमा बाँचिरहेको मुख्यपात्रको जीवनमा कुकुरको प्रवेशपछि आउने जीवनप्रतिको आशावादी र सकारात्मकतालाई पेश गर्छ । किरणराज के […]

‘आरआरआर’पछि भारतीय बक्स अफिसमा अब ‘केजीएफ-२’को सुनामी !

मुम्बई । मार्च महिनामा दुई ठूला फिल्मले भारतीय बक्स अफिस कब्जा गरे । बलिउडको ‘द कश्मीर फाइल्स’ र दक्षिण भारतीय (साउथ) फिल्म ‘आरआरआर’ले कतिपय पुराना रेकर्ड नै तोडे । कोरोना महामारीले थिलथिलो बनाएको फिल्म उद्योगमा यी दुई फिल्मले खुसी फर्काए । यो सिलसिलालाई निरन्तरता दिन आउँदैछ, अर्को साउथ फिल्म ‘केजीएफ च्याप्टर २’ । ‘केजीएफ-२’ले बक्स […]

‘आरआरआर’ २०० करोड क्लबमा, मुम्बईमा सफलताको पार्टी

काठमाडौं । दक्षिण भारतीय (साउथ) फिल्म निर्देशक एसएस राजामौलीले भारतीय बक्स अफिसमा कीर्तिमानको अर्को मानक कायम राखेका छन् । उनी निर्देशित ‘बाहुबली : द बिगिनिङ’ भारतीय बक्स अफिसमा सय करोड पार गर्ने पहिलो हिन्दी डब साउथ फिल्म थियो । राजामौली निर्देशित ‘बाहुबली : द कन्क्लुजन’ले ५०० करोड भारुभन्दा बढी कमाइसकेको छ । अब भने उनकै नयाँ […]

‘पुष्पा’पछि नेपाली बक्स अफिसमा चम्किएनन् साउथ फिल्म

१५ फागुन, काठमाडौं । पुस २ गते नेपाली बक्स अफिसमा रिलिज भएको साउथ चलचित्र ‘पुष्पा’ले धमाका नै मच्चायो । यो चलचित्रले १० करोडभन्दा बढी ग्रस कलेक्सन नेपाली बक्स अफिसमा गरेको बताइन्छ । यो चलचित्र चलेपछि नेपालका हलमा साउथका हिन्दी डब चलचित्र भित्र्याउन वितरकहरु लागिपरेका छन् । विशेषगरी वितरक मनोज राठी र उनको टिमले नेपालमा साउथका […]

यी ५ साउथ फिल्म जसको उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन् दर्शक

पछिल्लो समय भारतमा साउथ (दक्षिण भारतीय) फिल्मले राज गर्न सफल छ । साउथका एक्सन र युनिक कहानी हिन्दी फिल्मका दर्शकले समेत रुचाउन थालेका छन् । जसका कारण  साउथका स्टारको समेत पूरै देशमा पहिचान हुन थालेको छ । अल्लु अर्जुनको ‘पुष्पा’ पछि दर्शकलाई साउथका केही फिल्मको प्रतिक्षा रहेको छ । ति ५ फिल्म यस्ता रहेका छन् ।आरआरआर  निर्देशक राजामौलीको बहुप्रतिक्षित फिल्म आरआरआर एक ठुलो बजेटको फिल्म हो । फिल्ममा जुनियर एनटीआर, रामचरणको अलवा अजय देवगन, अभिया भट्टको समेत अभिनय रहेको छ । एक्सनल

साउथ फिल्म ‘द घोस्ट’बाट ज्याकलिनलाई निकालियो

६ माघ, काठमाडौं । दुई सय करोड भारुको ‘मनी लाउण्ड्रिङ’ मुद्दामा नाम मुछिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज केही महिनायता तनावमा छिन् । केही समयअघि दुबई जान लागेको बेला मुम्बई  विमानस्थलबाटै फर्काइएकी ज्याकलिनलाई अब एक साउथ चलचित्रबाट समेत निकालिएको छ । उनी निरन्तर विवादमा आएपछि चलचित्र ‘द घोस्ट’बाट निकालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । निरन्तर विवादित […]

साउथ फिल्म ‘थिरिमाली’को ट्रेलरमा स्वस्तिमाको आइटम डान्स

३० पुस, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय चलचित्र ‘थिरिमाली’मा अभिनय गर्न लागेको विषयले केही महिनाअघि खुबै चर्चा पायो । स्वस्तिमाको भूमिकालाई लिएर पनि सञ्चारमाध्यममा टिकाटिप्पणी भयो । स्वस्तिमाले चलचित्रमा कस्तो भूमिका निर्वाह गरेकी होलिन् भन्ने अपेक्षा पनि धेरैमा थियो । यो चलचित्रको टिजर सार्वजनिक भएसँगै स्वस्तिमाको भूमिका पनि खुलेको छ । यो चलचित्रमा […]

साउथ फिल्म ‘थिरिमाली’ मा स्वस्तिमाको आइटम

अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य रहेको साउथ फिल्म ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४१ सेकेन्डको ट्रेलरमा स्वस्तिमा आइटमको झलकका अलवा अन्य दृश्य समेत समेटिएको छ । जसमा नेपाली कलाकार माओत्से गुरुङलाई समेत देख्न सकिन्छ । खड्का फिल्ममा एक आइटम गीतमा देखिनेछिन्, भने माओत्सेको महत्वपूर्ण भूमिका छ । राजीव शेट्ठीको निर्देशन रहेको ‘थिरिमाली’ नेपालको पोखरा, काठमाडौं, लुक्ला लगायतका स्थानमा छायाङ्कन भएको थियो । ट्रेलरमा नेपालका दृश्य पर्याप्त राखिएका छन् ।