गण्डकी प्रदेश सभाको ५ वर्षे कार्यकाल सकिएको छ । २०७४ मंसिर १० गते निर्वाचित सांसदहरुले माघ ७ गते सपथ लिएका थिए । माघ २२ गते पहिलो बैठक बसेको संसदले हालसम्म ५९ वटा कानुन बनाएको छ । सरकारले ६२ विधेयक संसदमा पेस गरेकोमा ३ वटा विधायन समितिमै छलफलको क्रममा छ ।आमसञ्चार विधेयक, गण्डकी प्रदेश कानून संशोधन विधेयक र कृषि ब्यवसाय प्रवर्द्धन ऐन संशोधन विधेयक पास गर्ने तयारी गरिएपनि हतारमा संसद अन्त्य गरेका कारण छलफल हुन पाएन ।गण्डकी प्रदेशमा ३६ प्रत्यक्ष र २४ सामानुपातिकसहित ६० सांसदको व्यवस्था छ । ५ वर्षअघ