काठमाडौं : संघीय संसद्को भवन निर्माण तोकिएको समयमा नहुने निश्चित भएसँगै अबको सदन पनि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै सञ्चालन हुने भएको छ।गोरखापत्र दैनिकमा नारायण काफ्ले समाचार लेख्छन्, संसद् भवन २०७९ असोजसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि कोभिड १९ का कारण चैत मसान्तसम्म समय थप गरिएको थियो। भवन निर्माण सम्पन्न नभएपछि कम्तीमा पनि अबको संसद्को आधा कार्यकाल भाडाकै भवनमा चलाउनुपर्ने भएको हो। मन्त्रालयको भवन निर्माण आयोजना समन्वय कार्यालयका निर्देशक मचाकाजी म