स्पेन एक दशक जति समय सुस्ताएर बसेकै थियो । यसबीच निराशा पनि रह्यो । अब फेरि चम्केको छ र स्पेनले युरो २०२४ को फाइनल यात्रा निश्चित गरिसकेको छ । स्पेनले सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो अनि बीचमा विश्वकप । यो समय अवधिमा विश्व फुटबलमा स्पेनको प्रभुत्व रह्यो । तर, त्यसपछि भने स्पेनी फुटबल यसरी ओरालो लाग्यो कि यो शिथिल नै बन्यो ।