जिल्लाको विकट कालीमाटी गाउँपालिका-६ को भैसिदमार, भलादमार र साजखर्कका स्थानीयबासी खोला तथा खोल्सीमा जमेको पानी खान बाध्य छन् । यो गाउँमा अहिलेसम्म पनि स्वच्छ खानेपानीको पहुँच पुर्याउने हिसावले कुनै खानेपानी योजना सञ्चालन भएका छैनन् । परम्परागत पानीका मुहानहरु सुकेपछि स्थानीयबासीहरु भने खोला र खोल्सीमा बगेको पानी पिउन बाध्य बनेका हुन् ।