अमेरिकामा अर्थतन्त्र ‘सट डाउन’ को खतरा लगभग टर्यो

वासिंगटन डिसी । अक्टोबर १ देखि अमेरिकामा ‘सट डाउन’ खतरा लगभग टरेको छ  । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स र माथिल्लो सदन सिनेटले संघीय सरकारलाई ४५ दिनको कोषका लागि पेश गरेको विधेयकलाई अनुमोदन गरे पछि यो खतरा टरेको हो । प्रतिनिधि सभाले ३३५–९१ को मतले निपटान कोष मापन विधेयक पारित गर्यो। जुन विधेयकलाई […]

सम्बन्धित सामग्री

सुडानमा भोकमरीको जोखिम : डब्ल्यूएफपी

जुबा- सुडानमा प्रतिद्वन्द्वी जनरलहरूबीच करिब ११ महिनादेखि जारी युद्धले ‘विश्वको सबैभन्दा ठूलो भोकमरी सङ्कट निम्त्याउने खतरा’ रहेको संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी ) ले बुधबार चेतावनी दिएको छ । सेना प्रमुख अब्देल फतह अल बुरहान र उनका पूर्व डेपुटी मोहम्मद हमदान डग्लोबीच भएको युद्धमा दशौं हजारको मृत्यु भएको छ, सुडानको पूर्वाधार र अर्थतन्त्र ध्वस्त […]

अमेरिकी अर्थतन्त्रमा मडारियो खतरा, ७ हप्तामा मन्दी आउने ठोकुवा !

काठमाडौं । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका आर्थिक मन्दीको संघारमै छ । अर्थशास्त्री र विश्लेषकहरूले अर्थतन्त्र मन्दीमा जाने फेरि चेतावनी दिन थालेका छन् । यो वर्षको दोस्रो अर्धवार्षिक अवधि अर्थात् अबको ७ हप्तामा मन्दी आउने बताइएको छ ।  अमेरिकी बहुराष्ट्रिय लगानी बैंक जेपी मोर्गन चेजका प्रमुख कार्यकारी अधिकारी (सीईओ) जेमी डिमनले बिहीवार नै क्षितिजमा ठूलो आर्थिक खतरा मडारिरहेको देखिएको बताए । उनले मध्यम खालको मन्दी आउने ठोकुवा गरे । अर्बपति लगानीकर्ता स्ट्यान ड्रकेनमिलरले पनि यो हप्ता एउटा लगानी सम्मेलनमा अर्थतन्त्रको खतरा नदेख्नु केटाकेटीपन हुने बताए । अमेरिकी अर्थतन्त्र मन्दीमा जाने चेतावनी भर्खरै सुन्न थालिएको भने होइन, एक वर्षभन्दा अघिदेखि सीईओ, अर्थशास्त्री, विश्लेषकहरूले अर्थतन्त्र मन्दीमा जाने अवस्था टारेर नटर्ने भन्ने चेतावनी दिइरहेका छन् ।  राम्रो पक्ष के रह्यो भने अहिलेसम्म विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र धेरै हदसम्म उत्थानशील रह्यो । गएको वर्ष अवस्था राम्रो हुँदै भएन । मुद्रास्फीति ४० वर्षकै उत्कर्षमा उक्लियो, ग्यासको भाउ अकासियो, उपभोक्ता मनोबल खस्कियो अनि शेयर बजार २० प्रतिशतले घट्यो । यति हुँदा पनि अमेरिकी अर्थतन्त्र मन्दीमा जाने अवस्था टार्न सफल भयो ।  त्यति धेरै चिज भएर त मन्दी आएन । अब अहिले के छ त फरक ? के कुरामा हामीले विचार गर्नु पर्ने हो ? वेल्स फार्गोमा लगानी रणनीति प्रमुख पल क्रिष्टोफरको कुरा मान्ने हो भने यसका दुई कारणहरू छन्ः उच्च ब्याजदर अनि कसिलो कर्जा बजार । अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ले आक्रामक रूपमा ब्याजदर बढायो ।  ब्याजदर वृद्धिको तीव्रता र दर पनि विगतका कुनै दशकमा बैंकले बढाएको भन्दा छिटो थियो । अहिले अमेरिकाको क्षेत्रीय स्तरका बैंकमा चलिरहेको संकट पनि यसको चेतावनी संकेत भएको भन्नेहरू पनि छन् । मार्चमा फेडको आफ्नै विज्ञहरूले पनि हालै बैंकिङ क्षेत्रमा देखिएको घटनाक्रमहरूको सम्भावित आर्थिक असरले यो वर्षको उत्तरार्द्धमा ठिकै खालको आर्थिक मन्दी निम्त्याउने प्रक्षेपण गरेका थिए ।  फेडको आक्रामक ब्याजदर वृद्धिको प्रभाव खप्न नसकेर अमेरिकामा मझौला आकारका तीनओटा बैंकहरू असफल भए । अहिले त झन् ऋण पाउनै कठिन छ । यस्तै अवस्था आगामी दिनमा पनि देखिनेछ । यसले खर्च झनै घटाइदिने छ भने आर्थिक गतिविधिमाथि दबाब सृजना गर्नेछ ।  फेडले सोमवार सार्वजनिक गरेको सर्वेक्षणको नतिजा अनुसार बैंकिङ संकटपछि कर्जादाताहरूले कर्जाको मापदन्ड कठोर बनाएका छन् । अहिले कर्जाको माग अनि आपूर्तिको अवस्था सन् २००८ को विश्वव्यापी वित्तीय संकटको स्थिति नजिक पुगेको बताइएको छ ।  महँगी जति नै घटेपछि ५ प्रतिशत माथि नै रहनेछ । यो भनेको फेडको लक्षित स्तरभन्दा धेरै हो । महँगीलाई २ प्रतिशतमा राख्ने फेडको लक्ष्य छ । फेडले तत्कालै ब्याजदर पनि घटाउँदैन । त्यसो भए पनि कर्जाको अवस्था निरन्तर कसिलो नै हुनेछ । अनि आसन्न आर्थिक मन्दी पनि सबैले अनुमान गरेको भन्दा गहिरो अनि लामो हुने अपोलो ग्लोबल म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री तोस्र्टेन स्लोक बताउँछन् ।  अब के होला ?  अमेरिकामा महँगी ९ प्रतिशत माथि उक्लिएको एक वर्ष पुग्नै लाग्यो । सन् २०२२ को जुनमा मुद्रास्फीति ९ दशमलव १ प्रतिशतमा थियो । इतिहासलाई पल्टाएर हेर्ने हो भने पनि महँगी उत्कर्षमा हुँदा मन्दी निम्तने गरेको छ । अहिले पनि यो खतरा टलेको छैन । अहिले अमेरिकाको समस्या कर्जा सीमा पनि हो ।  अमेरिकामा कर्जा सीमाबारे सहमति भएन भने अमेरिका डिफल्टमा जानेछ । अर्थतन्त्रमा झनै क्षति पुग्नेछ । व्यापक बेरोजगारी निम्तने छ । ब्याजदर बढ्नेछ, शेयर बजारमा व्यापक अस्थीरता आउनेछ । अनि विश्व अर्थतन्त्रमा नै यसको असर पोखिने खतरा पनि छ । अमेरिकाको कर्जाशाख घट्नेछ । सन् २०११ को कर्जा सीमा संकटमा पनि यस्तै भएको थियो । एजेन्सीहरूको सहयोगमा

केपी ओलीको दाबी : एमाले बाहेकका पार्टीसँग सोच विचार छैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेढ वर्षसम्म यो सरकार कायमै रहे मुलुक टाट पल्टिने दाबी गरेका छन्। मंगलबार नेकपा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकको अर्थतन्त्र पूर्ण रुपमा ओरालो लागेको र यसलाई रोक्न नसके डेढ वर्षमा मुलुक असफल राष्ट्र बन्ने खतरा रहेको बताए। ओलीले सत्तारुढ गठबन्धनलाई मुलुकको चिन्ता नभएको आरोप लगाए ।

सन् २०२३ : मन्दीको डर, युद्धको खतरा

काठमाडौँ : यो वर्ष धेरै घटनाले विश्वको ध्यान तान्यो। खासगरी युरोपमा खडेरी, उक्रेनमा भएको युद्ध र जङ्गलमा लागेको डढेलोले विश्वलाई असर गरेको थियो।सन् २०२३ मा विश्व आर्थिक मन्दीको चपेटामा पर्ने बताइएको छ। अमेरिका, युरोप, जापान र चीनको अर्थतन्त्र ओरालो लागेको छ। यो अझै खस्कनेछ। अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) प्रमुख क्रिस्टालिना जर्जिएभाले विश्व अर्थतन्त्र अनिश्चिततातर्फ गइरहेको चेतावनी दिएकी छन्।विश्वबैंकले सन् २०२२-२३ का लागि विभिन्न देशको आर्थिक वृद्धिदर घटाएर प्रक्षेपण गरेको छ। विश्व

विश्वव्यापी आर्थिक संकटको खतरा, नेपालको अवस्था के होला ?

कोरोना महामारीबाट थिलथिलो भएको विश्व अर्थतन्त्र विस्तारै गति लिनै लाग्दा रुस युक्रेन युद्धले अरु थप जटिलटातर्फ मोडेको छ । यसबीचमा विश्व बैङ्कले विश्वव्यापी आर्थिक मन्दी आउन लागेको बताएको छ । सन् २०२२ को सुरुवातसँगै विश्वको प्रक्षेपित आर्थिक वृद्धिदरमा ठूलो गिरावट आइरहेको भन्दै बैङ्कले विश्वव्यापी आर्थिक मन्दीको अवस्था आउने सङ्केत गरिरहेको जनाएको हो । बैंकले सन् …

यूरोपमा ठूलो आर्थिक संकटको खतरा, जर्मनीले अरबौं डलर गुमाउने प्रक्षेपण

एजेन्सी, २५ साउन । यूरोपमा ठूलो आर्थिक संकटको खतरा देखिन थालेका छन् । रुस युक्रेन युद्धले ऊर्जा संकट र मूल्यवृद्धिले यूरोपमा ठूलो आर्थिक संकटको खतरा देखिन थालेको हो । यूरोपको सबैभन्दा दीगो र सशक्त अर्थतन्त्र मानिएको जर्मनीमा असर देखिएको छ । जर्मनीले सन् २०३० भित्र २ खर्ब ६५ अर्ब डलर गुमाउने प्रक्षेपण गरिएको छ । […]

सकसमा अर्थतन्त्र : घटेन विदेशी मुद्रा सञ्चितीमाथिको खतरा

२८ वैशाख, काठमाडौं । अहिले सरकार र केन्द्रीय बैंक विदेशी मुद्राको सञ्चिति जोगाउँदै त्यसको भण्डार बढाउने रणनीतिसहित काम गरिरहेका छन् । त्यसकै लागि चैतसम्म चालिएका नीतिगत कदमहरुले विदेशी मुद्राको सञ्चितिमा गइरहेको ‘पहिरो’ केही थामिएको त छ, तर संकट भने टरिनसकेको देखिएको छ । आयात घटाउन र रेमिट्यान्सको आप्रवाह बढाउन सके शोधनान्तर घाटा पनि बचततर्फ उन्मुख […]

गठबन्धनले देश बर्बाद बनायो : अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन सरकारका कारण मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका  छन्। आइतबार काठमाडौँमा शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारका कारण मुलुकको अर्थतन्त्र धराशायी बनेको र मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका हुन् । ओलीले सत्ता गठबन्धलाई अपराधी गठबन्धन भन्दै गठबन्धनले देशलाई बर्बादी तर्फ धकेलेको […]

समयमा काम नगर्ने सरकारी रोग

आयोजना सम्पन्न हुन तोकिएको समयभन्दा दोब्बर समय लाग्नु त नेपालमा सामान्य भइसकेको छ । कोरोना महामारीले सुस्ताएको अर्थतन्त्र चलायमान हुन लाग्दा बजारमा कर्जाको माग बढेको छ । तर, सरकारले खर्च गर्न नसक्दा अर्थतन्त्र संकुचनमा जाने खतरा देखिँदै छ । धेरै पुँजीगत बजेट भएका मन्त्रालयहरू खर्च गर्न सक्दैनन्, किनकि पछिल्ला समयमा विविध कारणले उनीहरूको क्षमतामा ह्रास […]