काठमाडौँ । पटक–पटक संसद् विघटन गर्ने ओली सरकारको समर्थनमा मत बाझिएपछि जनता समाजवादी पार्टी (जसपा) दुई चिरा भयो । जसपाबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अलग्गिएको ६ महिना नबित्दै लोसपामा दुई नेता महन्थ ठाकुर र राजेन्द्र महतोबीच द्वन्द्व उत्कर्षमा पुगेको छ ।लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच पार्टीमा को शक्तिशाली भन्ने होडबाजी सुरु भएको छ । यी दुवै हस्ती अहिले पार्टीभित्र आ–आफ्नै तरिकाले संगठन निर्माण र शक्ति आर्जनमा जुटेका छन् । वरिष्ठ नेता महतो सांगठनिक