नेपाल र भारतको राष्ट्रिय टोली अहिलेसम्म १९ पटक एकअर्काविरुद्ध भिडेका छन् । र, भारत १३ पटक विजयी भएको छ । त्यसैगरी चार खेल बराबरीमा टुंगिएका छन् । नेपालले जितेको दुई पटकमात्रै हो । तर ती दुबै जित निकै शानदार छन् । ढाकामा मणि चम्किदा१९९३ मा दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको फाइनलमा नेपाल र भारत भिडेका थिए । यस संस्करणको साफमा अन्तिम दिनसम्म नेपालको राष्ट्रिय धुन रंगशालामा बजेको थिएन । किनकी, स्वर्ण जित्ने टोलीको मात्रै राष्ट्रिय धुन बज्ने प्रावधान थियो र नेपालले अन्तिम दिनसम्म कुनै खेलम