काठमाडौंबाट हराएका खेल

फेसबुकको बिहानी फन्दामा ‘पासा पासा’ को पोस्टिङले महाकाल भैरवको पूर्णकद दर्शन गर्ने अवसर मिल्यो। मेरो बाल्यावस्थाको खेल जीवन त्यही भैरव मन्दिर वरपर र टुँडिखेल–वीर अस्पताल आसपास बितेको थियो। बिक्रम सम्बत २००७ सालताका म १३ वर्षको थिएँ। त्यो बेला हामी थुप्रै खेल खेल्थ्यौं। केही त आज पनि खेलौं खेलौं लाग्छ। मसँग एउटा साइकलको पांग्रा थियो। भित्रका…