प्रतिनिधिसभाले उपसभामुख चुन्दै, मैदानमा गठबन्धनबाट पुष्पा र एमालेबाट विद्या

काठमाडौं : आज प्रतिनिधिसभामा उपसभामुखको निर्वाचन हुँदैछ। दिउँसो ३ बजे प्रतिनिधिसभाले उपसभामुख  चयन गर्नेछ। उपसभामुख पदका लागि दुईजनाको मनोनयन परेको छ। सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी प्रमुख सचेत पुष्पा भुषालले बिहीवार मनोनयन दर्ता गराएकी छिन्। भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरी…

सम्बन्धित सामग्री

नेपालले आफ्नो भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैन : उपसभामुख राना

प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले नेपाल एक चीन नीतमा प्रतिबद्ध रहेको बताएकी छन् । चीनको गुइझाउ प्रान्तको गुइयाङ सहरमा आयोजित ग्लोबल इको–फोरमलाई सम्बोधन गर्दै उपसभामुख रानाले नेपालले सधैँ एक चीन नीतिलाई...

प्रतिनिधिसभामा खाली सिट देख्दा इरिटेड हुन्छः उपसभामुख राना

काठमाडौँ – उपसभामुख इन्दिरा रानाले प्रतिनिधिसभा बैठक छोडेर सांसदहरु बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। मंगलबार काठमाडौँमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उपसभामुख रानाले सांसदहरु प्रतिनिधिसभा बैठक छाडेर बाहिरिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन्। उनले प्रतिनिधिसभा सांसदविहीन हुँदा आफूलाई ‘इरिटेड’ हुने गरेको र आफ्नो ‘प्रेसर’ पनि बढेको बताइन्। उनले आफूले कुनै पनि […]

अर्घाखाँची कांग्रेसबाट उपसभामुख भुसालसहित ६ जना सिफरिस

बुटवल : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा कांग्रेसबाट संघीय संसदकी उपसभामुख पुष्पा भुसालसहित ६ जनाको नाम सिफारिस भएको छ। क्षेत्रीय समितिले उपसभामुख भुसालसहित कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद खनाल, पूर्वकेन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, महाधिवेशन प्रतिनिधिहरु रामबहादुर बिसी, लेखनाथ पोखरेल र मुक्तिराम श्रेष्ठलाइ सिफारिस गरेको क्षेत्रीय…

नवनिर्वाचित उपसभामुख भुसालले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं : नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल (गौतम)ले पद तथा गोपनीयताको शपथ लिएकी छिन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष आइतवार भुसालले शपथ लिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। भुसालले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ९ बमोजिम प्रतिनिधिसभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिएको बताइएको छ।

रिक्त भएको ३० महिनापछि आज उपसभामुख पाउँदै संघीय संसद

काठमाडौँ – संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाले आज उपसभामुख पाउने भएको छ। आज अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखका लागि मतदान हुनेछ। उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतम र एमालेबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ। उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले समर्थन गर्ने, उम्मेदवारको सूचीमाथि सामूहिक छलफल […]

आज उपसभामुख चयन : गठबन्धनबाट भुसाल र एमालेबाट भट्टराई उम्मेदवार

आज अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले समर्थन गर्ने, उम्मेदवारको सूचीमाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत हुनेछ प्रतिनिधिसभाको उपसभामुख...

उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौँ – लामो समयदेखी रिक्त प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए । निर्देशनलगत्तै संसद सचिवालयका सचिव गोपालनाथ योगीले सुचना निकालेर उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन दिउँसो १ […]

उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन गर्न माग

प्रतिनिधिसभा सदस्य अमृता थापाले उपसभामुख र राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गरेकी छन् ।  आइतवार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य थापाले उपसभामुख र राष्ट्रियसभाको उपाध्यक्षको पद लामो समयदेखि खाली भएको उल्लेख गर्दै तत्काल निर्वाचन गरी संघीय संसदलाई पूर्णता दिन माग गरेकी हुन् । उनले स्थानीय तहको निर्वाचनमा १२४ जना दलित महिला सदस्य खाली भएको भन्दै कानून संशोधन गरेर भएपनि खाली ठाउँमा जनप्रतिनिधि पूर्ति गर्ने व्यवस्था गर्न पनि माग गरिन्

उपसभामुख पद खारेज गरौं : अमरेशकुमार सिंह

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले उपसभामुख पदका कारण खर्च बढ्छ भने सो पद खारेज गर्दा उपयुक्त हुने तर्क समेत गरे । उपसभामुख चाहिएको भए सो पदमा आजसम्म किन नियुक्ति भएन पनि उनले प्रश्न समेत गरे ।सांसद सिंहले प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समिति खारेज गरेर त्यहाँका सदस्यहरुलाई अर्को समितिमा राख्ने व्यवस्था गर्न पनि सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराए ।

उपसभामुख पद नचाहिने हो भने खारेज गरौं : अमरेशकुमार सिंह

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग गर्नुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले यदि उपसभामुख चाहिन्छ भने किन वर्षौंदेखि नियुक्त गरिँदैन ? चाहिँदैन भने पद खारेज नगरेर किन ओगटेर राखेको भनी प्रश्न गर्नुभएको हो । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद […]