उपसभामुख पद नचाहिने हो भने खारेज गरौं : अमरेशकुमार सिंह

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग गर्नुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले यदि उपसभामुख चाहिन्छ भने किन वर्षौंदेखि नियुक्त गरिँदैन ? चाहिँदैन भने पद खारेज नगरेर किन ओगटेर राखेको भनी प्रश्न गर्नुभएको हो । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद […]

सम्बन्धित सामग्री

उपसभामुख पद खारेज गरौं : अमरेशकुमार सिंह

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले उपसभामुख पदका कारण खर्च बढ्छ भने सो पद खारेज गर्दा उपयुक्त हुने तर्क समेत गरे । उपसभामुख चाहिएको भए सो पदमा आजसम्म किन नियुक्ति भएन पनि उनले प्रश्न समेत गरे ।सांसद सिंहले प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समिति खारेज गरेर त्यहाँका सदस्यहरुलाई अर्को समितिमा राख्ने व्यवस्था गर्न पनि सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराए ।