मनाङ एमालेले छान्यो उमेदवार

काठमाडौं । नेकपा (एमाले)ले मनाङका तीन गाउँपालिकाका उमेदवार टुंगो लगाएको छ । चामे गाउँपालिका, नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उमेदवार टुंग्याइएको हो । नार्पाभूमि गाउँपालिकामा भने आन्तरिक तयारी गरिएको एमाले मनाङले जनाएको छ । एमालेले मनाङ ङिस्याङ गाउँपालिकामा कान्छा घलेलाई नै दोहोर्‍याउने भएको छ । उपाध्यक्षमा छिरिङ...

सम्बन्धित सामग्री

गण्डकी प्रदेशसभामा दीपक मनाङे निर्विरोध ‘पक्का’

पोखरा – मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित हुने पक्का भएकाे छ। उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएका छन्। प्रतिष्पर्धीले उम्मेदवारी फिर्ता लिएपछि उनकाे जित पक्का भएकाे हाे। यद्यपि,औपचारिक घोषणा हुन भने […]

दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित

पोखरा । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र रूपमा उमेदवारी दिएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । औपचारिक घोषणा भने हुन बाँकी छ । उनीसँग प्रतिस्पर्धामा उत्रिएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । उमेदवारी फिर्ता...

मतपरिणाम आउने क्रम जारी : कुन गाउँपालिका प्रमुखमा को विजयी ?

वैशाख ३१, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत मुलुकभरका विभिन्न स्थानको मतपरिणाम आउनेक्रम जारी रहेको छ । अहिलेसम्म १० ओटा गाउँ पालिकाको अन्तिम परिणाम आइसकेको छ । जसमध्ये नेकपा (एमाले) को तर्फबाट पाँच जना उमेदवार पालिका प्रमुख पदमा विजयी भएका छन् । त्यस्तै नेपाली काँग्रेसको तर्फबाट तीन जना उमेदवार गाउँपालिका प्रमुखमा विजयी भएका छन् । त्यसैगरी नेकपा(एकीकृत समाजवादी) को तर्फबाट दुई जना उमेदवार गाउँपालिका प्रमुखमा विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र) को तर्फबाट डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकाको प्रमुखमा नारासिंह रोकाय विजयी भएका छन् ।  यसअघि नै नेकपा (एकिकृत समाजवादी) का दुई र नेकपा(एमाले) को एक जना उमेदवार गाउँपालिकामा निर्बिरोध विजयी भइसकेका छन्।  अहिलेसम्मको अन्तिम परिणाम आएका पालिकाहरु :  नेकपा(एकीकृत समाजवादी ) : १. काइके गाउँपालिका (डोल्पा) अंगद कुमार राना २. छार्का ताईसोइ गाउँपालिका (डोल्पा) सेनाङ गुरुङ    नेकपा(एमाले) : १. शे फोक्सुण्डो गाउँपालिका (डोल्पा) धावा सन्दुक गुरुङ २. लो घेकर दामोदरकुण्ड गाउँपालिका (मुस्ताङ) लोप्साङ छोम्पेल विष्ट ३. चामे गाउँपालिका (मनाङ) लोकेन्द्रबहादुर घले  ४. मनाङ ङिस्याङ गाउँपालिका (मनाङ) कान्छा घले ५. वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ) रिङजीन नामगेल गुरुङ    नेपाली काँग्रेस : १. घरपझोङ गाउँपालिका (मुस्ताङ) मोहनसिंह लालचन २.नार्पाभूमि गाउँपालिका (मनाङ) कोन्जो तेन्जिङ लामा  ३.नासों गाउँपालिका (मनाङ) धनबहादुर गुरुङ   नेकपा (माओवादी केन्द्र) : १.जगदुल्ला गाउँपालिका( डोल्पा ) नारासिंह रोकाय