करारमा नियुक्त गर्न माग गर्दै पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक आन्दोलनमा

मोरङ– पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालमा कार्यरत चिकित्सक आन्दोलनमा उत्रिएका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँमा अवस्थित शिक्षण अस्पतालका लामो समयदेखि ज्यालादारीका रूपमा काम गरिरहेका चिकित्सक आन्दोलित हुँदा सेवा प्रभावित बनेको छ। अस्पतालमा कार्यरत हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. धीरज सिंहका अनुसार हाल अस्पतालमा विगत चार वर्षदेखि १२ जना चिकित्सकले ज्यालादारी रुपमा काम गरिरहेको बताए। अस्पतालले […]

सम्बन्धित सामग्री

पूर्वाञ्चल विश्वविद्यालय फुटसल प्रतियोगिता हुने

३२ साउन, काठमाडौं । विराटनगर सिटी फुटबल क्लबको आयोजनामा पूर्वाञ्चल विश्वविद्यालय पुरुष फुटसल प्रतियोगिता हुने भएको छ । भदौ १७ देखि २६ सम्म हुने प्रतियोगिता काठमाडौंस्थित आर्किड कलेजको फुटसल मैदानमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कलेजहरुले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिता नकआउट पद्दतिका आधारमा हुनेछ । प्रतियोगिताको विजेताले १ लाख र […]

पूर्वाञ्चल विश्वविद्यालय कप फुटसल हुने

पूर्वाञ्चल विश्वविद्यालय कप पुरुष फुटसल प्रतियोगिता भाद्र १७ देखि २६ गतेसम्म राजधानीमा हुने भएको छ ।

नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बीच मानव संसाधान विकासका लागि समझदारी

काठमाडौं । नबिल बैंक लिमिटेड र पूर्वाञ्चल विश्वविद्यालय बीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानव संसाधनको वृद्धिविकासका लागि समझदारी भएको छ । एक कार्यक्रमका बीच दुई निकायका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । समझदारी पत्रमा नबिल बैंकका (Nabil Bank) प्रमुख कार्यकारी अधिकृत (CEO) ज्ञानेन्द्रप्रसाद ढुंगाना र पूर्वाञ्चल विश्वविद्यालयका (Purbanchal University) रजिष्टार नीलमणि पोखरेलले हस्ताक्षर गरेका हुन् । यस समझदारी अन्तर्गत बैंकले विश्वविद्यालय परिसरमा शाखा स्थापना गरी शिक्षक तथा कर्मचारीहरूलाई अत्याधुनिक बैंकिङ सेवा (Banking Service) उपलब्ध गराउने छ र विश्वविद्यालयले मानवसंसाधनको वृत्ति विकासका लागि तालिम विकासमा सहयोग गर्ने उल्लेख गरिएको छ । यो समझदारी दुवै संस्थाका लागि लाभदायक भएको नबिल बैंकका सिइओ ढुंगानाले बताए । ’पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यले बैंकका कर्मचारीको वृत्ति विकासमा सहयोग पुग्छ र विश्वविद्यालयका शिक्षक तथा कर्मचारीले पनि सहुलियतदरमा स्तरीय आधुनिक बैंकिङ सेवा पाउने भएकोले समझदारी दुबैको हितमा रहेको छ’ ढुंगानाले भने। समझदारी हस्ताक्षर कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.यादवराज कोइराला, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सञ्जेशप्रसाद कोइरालाका साथै नबिल बैंकका नायब कार्यकारी प्रमुख भुपेन्द्र पाण्डे र चिफ होलसेल लायबिलिटी कविन्द्रप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो ।

बीपीएचका विद्यार्थीलाई झुलाउँदै पूर्वाञ्चल विश्वविद्यालय

पूर्वाञ्चल विश्वविद्यालय (पीयू) को लापरवाहीले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् । पीयू अन्तर्गतका विभिन्न कलेज छनौट गरेका २५ जना ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच) पढ्ने विद्यार्थी पढाइबाट वञ्चित भएका हुन् । विद्यार्थी कम भएको भन्दै सम्बन्धित कलेजले पढाउन नमान्दा उनीहरू समस्यामा परेका छन् । कम विद्यार्थी भएर नपढाएको खण्डमा विश्वविद्यालयले अर्को कलेजमा विद्यार्थीलाई पठाउनुपर्ने हुन्छ । तर, पढाई सुरू भएको डेढ महिना बितिसक्दा पनि ती विद्यार्थी कुन कलेजमा पढ्ने भन्ने

पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा बिरामीलाई सास्ती

मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालमा चिकित्सक कम समयसम्म बस्ने तथा नभेटिँदा बिरामीलाई कठिनाई हुने गरेको छ।

नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय समितिद्वारा आन्दोलनको चेतावनी

नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालय भित्रका समस्या समाधान र बेथिति अन्त्य गर्न ४८ घन्टे अल्टिमेटम दिँदै आन्दोलनको चेतावनी दिएको छ ।आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो । नेविसंघले विद्यार्थीको आन्दोलनले पुर्‍याएको क्षतिको जवाफदेही विश्वविद्यालय हुनुपर्ने जनाएको छ ।इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्सलगायत […]

नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय समितिद्वारा आन्दोलनको चेतावनी

नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालय भित्रका समस्या समाधान र बेथिति अन्त्य गर्न ४८ घन्टे अल्टिमेटम दिँदै आन्दोलनको चेतावनी दिएको छ ।  आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो । नेविसंघले विद्यार्थीको आन्दोलनले पु¥याएको क्षतिको जवाफदेही विश्वविद्यालय हुनुपर्ने जनाएको छ । इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्स लगायत अरु संकायहरुको बार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था ग

नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय समितिद्वारा आन्दोलनको चेतावनी

काठमाडौँ – नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालय भित्रका समस्या समाधान र बेथिती अन्त्य गर्न ४८ घण्टे अल्टिमेटम दिँदै आन्दोलनको चेतावनी दिएको छ। आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो। नेविसंघले विद्यार्थीको आन्दोलनले पुर्याएको क्षतिको जवाफदेही विश्वविद्यालय हुनुपर्ने जनाएको छ। इन्जिनियर, मेडिकल तथा […]

नेविसंघ पूर्वाञ्चल विश्वविद्यालय समितिद्वारा आन्दोलनको चेतावनी

काठमाडौं, २९ साउन । नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालय भित्रका समस्या समाधान र बेथिती अन्त्य गर्न ४८ घन्टे अल्टिमेटम दिदै आन्दोलनको चेतावनी दिएको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो । नेविसंघले विद्यार्थीको आन्दोलनले पु¥याएको क्षतिको जवाफदेही विश्वविद्यालय हुनुपर्ने जनाएको […]

नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बीच सम्झौता

चैत ३०, काठमाडौं । नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बीच बैंकिङ्ग कारोबार गर्ने सम्बन्धी एक सम्झौतामा मंगलवार हस्ताक्षर भएको छ । उक्त सम्झौता बमोजिम नेपाल बैंकले पूर्वाञ्चलविश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थीहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवाप्रदान गर्ने व्यवस्था गरिएको छ ।सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार निलमणि पोख्रेल र  नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार विश्वविद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तलबी खातामा बैंकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गर्ने,निःशुल्क डिजिटल बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने, बैंकको लकर भाडामा  छूट प्रदान गरिने,विश्व विद्यालयमा कार्यरत कर्मचारीहरुलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्ने निःशुल्क डेविट/ क्रेडिट कार्ड सुबिधा उपलब्ध गराउने र विश्वविद्यालयको आबश्यकताअनुसार थप बैंकिङ्ग सेवा सुविधा उपलब्ध हुनेछ ।  इटहरीमा आयोजित  समारोहमा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोईरालाले समयसँगै अघि बढ्दै गइरहेको नेपालकै जेठो बैंकसँग पुर्वाञ्चल विश्वविद्यालयले गरेको यो सम्झौता कोशेढुंगाको रुपमा रहने बताए । यसैगरी बैंकका सीईओ अधिकारीले वित्तीय कारोवारको लागि नेपाल बैंकलाई छनोट गरेकोमा पूर्वाञ्चल विश्वविद्यालयलाई धन्यवाद दिंदै बैंक समयसँगै गतिशिलबन्दै गइरहेको र आम नेपालीको साझा बैंक भएको  बताए ।