चैत ३०, काठमाडौं । नेपाल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बीच बैंकिङ्ग कारोबार गर्ने सम्बन्धी एक सम्झौतामा मंगलवार हस्ताक्षर भएको छ ।
उक्त सम्झौता बमोजिम नेपाल बैंकले पूर्वाञ्चलविश्वविद्यालयमा कार्यरत कर्मचारी एवम् विद्यार्थीहरुलाई आधुनिक एवम् सहुलियतपूर्ण बैंकिङ्ग सेवाप्रदान गर्ने व्यवस्था गरिएको छ ।सम्झौतापत्रमा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार निलमणि पोख्रेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार विश्वविद्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तलबी खातामा बैंकले बचत निक्षेपको उच्चतम ब्याजदर प्रदान गर्ने,निःशुल्क डिजिटल बैंकिङ्ग सुविधाहरु उपलब्ध गराउने, बैंकको लकर भाडामा छूट प्रदान गरिने,विश्व विद्यालयमा कार्यरत कर्मचारीहरुलाई सहुलियत ब्याजदरमा कर्जा प्रदान गर्ने निःशुल्क डेविट/ क्रेडिट कार्ड सुबिधा उपलब्ध गराउने र विश्वविद्यालयको आबश्यकताअनुसार थप बैंकिङ्ग सेवा सुविधा उपलब्ध हुनेछ ।
इटहरीमा आयोजित समारोहमा पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा.यादवराज कोईरालाले समयसँगै अघि बढ्दै गइरहेको नेपालकै जेठो बैंकसँग पुर्वाञ्चल विश्वविद्यालयले गरेको यो सम्झौता कोशेढुंगाको रुपमा रहने बताए ।
यसैगरी बैंकका सीईओ अधिकारीले वित्तीय कारोवारको लागि नेपाल बैंकलाई छनोट गरेकोमा पूर्वाञ्चल विश्वविद्यालयलाई धन्यवाद दिंदै बैंक समयसँगै गतिशिलबन्दै गइरहेको र आम नेपालीको साझा बैंक भएको बताए ।