पूर्वाञ्चल विश्वविद्यालय (पीयू) को लापरवाहीले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् । पीयू अन्तर्गतका विभिन्न कलेज छनौट गरेका २५ जना ब्याचलर अफ पब्लिक हेल्थ (बीपीएच) पढ्ने विद्यार्थी पढाइबाट वञ्चित भएका हुन् । विद्यार्थी कम भएको भन्दै सम्बन्धित कलेजले पढाउन नमान्दा उनीहरू समस्यामा परेका छन् । कम विद्यार्थी भएर नपढाएको खण्डमा विश्वविद्यालयले अर्को कलेजमा विद्यार्थीलाई पठाउनुपर्ने हुन्छ । तर, पढाई सुरू भएको डेढ महिना बितिसक्दा पनि ती विद्यार्थी कुन कलेजमा पढ्ने भन्ने