एशियन लाइफको मृत्यु दाबी भुक्तानी

धरान (अस) । एशियन लाइफ इन्स्योरेन्सको धरान शाखाले बेलका–३ उदयपुरका हिरणबहादुर बस्नेतको परिवारलाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । मोटरसाइकलको ठक्करबाट घाइते भई उपचारार्थ अस्पताल लैजाँदै गर्दा मृत्यु भएका बीमित बस्नेतकी श्रीमती इन्द्रमाया बस्नेतलाई १ लाख ९९ हजार ८ सय १२ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो । मृतक बस्नेतले ९ वर्षअघि १ लाख २ हजारको सावधिक बीमा योजनामा बीमा गरी ५१ हजार कर्जा लिएका थिए । कम्पनीबाट २ लाख ५२ हजार ४ सय ५२ रुपैयाँ पाउनेमा कर्जा साँवा ब्याज कट्टा गरी रकम उपलब्ध गराइएको धरान शाखा प्रबन्धक सुजन भण्डारीले बताए ।

सम्बन्धित सामग्री

नेपाल लाइफको नयाँ जीवन बीमा योजना

काठमाडौं (अस) । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ अनमोल जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले समयसापेक्ष ग्राहक चाहना तथा अभिकर्ताको सुझावलाई लक्षित गरी नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको हो । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बीमा रहेको कम्पनीले बताएको छ । बीमा अवधि समाप्तिपछि पनि जोखिम वहन गर्नुका साथै कम्पनीले वहन गर्ने जोखिमअन्तर्गत बीमितले चाहेको समय उक्त जोखिम वहनबापतको समर्पण मूल्य भुक्तानी लिन सक्नेछन् । कम्पनीका अनुसार नयाँ जीवन बीमा योजना १८ देखि ६५ वर्षसम्म उमेर समूहका व्यक्तिले न्यूनतम ५ वर्षदेखि अधिकतम ५० वर्षसम्म अवधिसम्म लिन सक्छन् । बीमा समाप्तिमा अधिकतम उमेर ७० वर्ष रहेको छ भने न्यूनतम २५ हजारदेखि आयस्रोतका आधारमा जति पनि बीमांक रकमको बीमा गर्न सकिनेछ । बीमालेख जारी गर्ने समय वार्षिक बीमा शुल्क भुक्तानी गर्ने तरिका छनोट गरे बीमाशुल्कमा १ प्रतिशत छुट हुनेछ भने अर्धवार्षिक छनोट गर्दा छुट प्राप्त हुने छैन । बीमालेख जारी गर्ने समय त्रैमासिक बीमाशुल्क भुक्तानी गर्ने तरिका छनोट गरे बीमाशुल्क ३ प्रतिशत थप र मासिक छनोट गर्दा ६ प्रतिशत थप लाग्ने कम्पनीले जनाएको छ । ऋण तथा समर्पण सुविधाअन्तर्गत वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुका साथै बीमा सुरु मितिबाट ३ वर्ष पुरा भएपछि  समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । बीमालेखको बीमा अवधि समाप्तिपछि  पनि जोखिम बहन गरिरहने तर बीमितले चाहे पूर्णावधि भुक्तानी भएको ५ वर्ष पूरा भएपछि जुनसुकै समय समर्पण गर्न सकिनेछ । कम्पनीले ऐच्छिक सुविधाअन्तर्गत दुर्घटना मृत्यु लाभ सुविधा, १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम  १ करोडसम्मको दुर्घटना मृत्यु लाभ सुविधा लिन सकिनेछ । १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर अधिकतम १ करोडसम्मको बीमाशुल्क छुट तथा पूर्ण अशक्तता लाभ सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । यस्तै, नयाँ बीमा योजनामा घातक रोग सुविधा, आंशिक अवधि भुक्तानी, मृत्यु दाबी भुक्तानी सुविधा पनि दिनेछ ।

घरमै सिटिजन लाइफको मृत्यु दाबी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भीमेश्वर नगरपालिका वडा नं. १ सुस्पामा घरमै पुगेर मृत्यु दाबी भुक्तानी गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्समा ५ लाखको बिमा गरेर पहिलो किस्ता बुझाएकी सीता राय क्षेत्रीको काल गतिले गत माघमा मृत्यु भएपछि कम्पनीका प्रतिनिधिहरु घरमै पुगेर परिवारलाई मृत्यु दाबी भुक्तानी गरेका हुन् ।सिटिजन लाइफ इन्स्योरेन्स चरिकोट शाखा प्रमुख बासुदेव भण्डारीले […]