अध्यक्ष दाहालद्वारा आन्दोलनको घोषणा

 काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लगत्तै आफू सडक संघर्षमा जाने घोषणा गर्नु भएको छ । निर्वाचन प्रणाली र शासकीय प्रणाली बदल्दै मुलुकलाई रुपान्तरण गर्न आफू निर्वाचनपछि लगत्तै सडक संघर्षमा जाने उहाँको भनाई थियो । आईतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा उहाँले संघीयता, गणतन्त्र र […]

सम्बन्धित सामग्री

७ बुँदे माग राख्दै चुरे तथा वनजंगल संरक्षण अभियानले गर्‍यो आन्दोलन घोषणा

२५ माघ, जनकपुरधाम । चुरे तथा वनजंगल संरक्षण अभियानले अवैध नदी दोहन तत्काल रोक्नुपर्नेसहित ७ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेको छ । अभियानका अध्यक्ष सुनिलकुमार यादवले सोमबार जनकपुरमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेका हुन् । उनका अनुसार पुस ५ गते जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापन पत्र बुझाउने, पुस ११ गते वन तथा वातावरण […]

चितवनका कवाड व्यवसायीद्वारा आन्दोलनको घोषणा

चितवन। भरतपुर महानगरपालिकाले आफ्ना माग पूरा नगरेको भन्दै चितवनका कवाड व्यवसायीले आन्दोलनको घोषणा गरेका छन् । महानगरपालिकाभित्रका कवाडी व्यवसायीले ठेक्का कर प्रणालीविरुद्ध आन्दोलनको तयारी गरेका हुन् । शनिवार सरसफाइ तथा पुन: उपयोगी वस्तु व्यवसायी संघ र चितवन कवाड व्यवसायी संघले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै ठेक्का प्रणाली फिर्ता नभएसम्म आफ्ना आन्दोलनका कार्यक्रम जारी राख्ने बताए ।  सरसफाइ तथा पुन: उपयोगी वस्तु व्यवसायी संघका अध्यक्ष शंकरबहादुर खत्री क्षेत्रीले महानगरमा नियमित धर्ना गर्र्दा पनि सुनुवाइ नभएपछि आज (सोमवार)देखि सशक्त आन्दोलन गर्न लागिएको बताए । ‘पहिले हामी महानगरका व्यवसायी मात्र थियौं, अब जिल्लाका सबै व्यवसायी एक भएका छौं, असोज २१ देखि धर्र्ना विरोध, प्रदर्शन, शान्तिपूर्ण र्‍याली गर्दा पनि महानगरले वार्तामा बोलाएन, अब सशक्त आन्दोलनमा जान्छौं,’ उनले भने । चितवन कवाडी व्यवसायी संघका अध्यक्ष नारायण सिंह गुरुङले आफूहरूले ९ महीनादेखि प्रत्यक्ष अप्रत्यक्ष रूपमा ठेक्का प्रथाको विरोध गर्दै आएको, तर महानगरले आफ्नो अडान नछाडेकाले बाध्य भएर सडकमा आउनुपरेको बताए । ‘हामीले अहिलेसम्म धेरै शान्तिपूर्ण तरीकाले प्रदर्शन गर्‍यौं, कुरा राख्यौं, सुनुवाइ भएन, अब व्यवसाय नै ठप्प पारेर सडकमा आउँदै छौं,’ उनले भने । आफूहरूले आयकर, मूल्य अभिवृद्धि कर, घरबहाल कर, व्यवसाय कर, निकासी कर, अन्तरपालिकासम्मको निकासी कर तिर्दै आएको उनले बताए । उनले भने, ‘हामीले सबै खालका कर तिर्दै आएका छौं, तर महानगरपालिकाले व्यवसायीलाई हतोत्साहित गरेर करको नाममा आफैले व्यवसाय गर्न लागेको छ ।’  संघका सल्लाहकार भोलानाथ सापकोटाले व्यवसाय बन्द गरेपछि यसको नतीजा महानगरले नै भोग्नुपर्ने चेतावनी दिए । महानगरको कुल फोहोरको ४० प्रतिशतसम्म कवाड व्यवसायीले पुन: उपयोग गर्दै आएकाले महानगरले गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो ।  संघका सचिव पुरन मल्लले महानगरको यस निर्णयले सयौंको व्यवसाय र रोजगारी खोसिन लागेको बताए । ‘कवाडी सामानको मूल्यभन्दा बढी कर लिइएको छ, अब हामी कसरी व्यवसाय गर्न सक्छौं ?,’ उनले भने ।

जग्गा फुकुवाको माग गर्दै दोस्राे चरणको आन्दोलन घोषणा

दाङ–लुम्बिनी प्रदेश राजधानी घोषणा हुनुअघि गरिएको जग्गा रोक्का अझैं फुकुवा नभएपछि दोस्रो चरणको आन्दोलनको घोषणा गरिएको छ। जग्गा फुकुवा संघर्ष समितिले दोस्रो चरणको आन्दोलनको घोषण गरेको हो। जग्गा फुकुवा संघर्ष समितिका संयोजक तथा राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काको संयोजकत्वमा राप्ती उद्योग वाणिज्य संघको सभाहलमा बुधवार बसेको बैठकले चरणवद्ध रुपमा आन्दोलन गर्ने घोषणा गरेको […]

राष्ट्रिय जनमोर्चाद्वारा ‍संघीयताविरुद्ध आन्दोलनको घोषणा

काठमाडौँ – सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले संघीयताविरुद्ध आन्दोलनको घोषणा गरेको छ। पार्टीको बुटवलमा सम्पन्न राष्ट्रिय परिषद् बैठकले चैत १० गतेदेखि १५ गतेसम्म संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने निर्णय गरेको हो। पार्टीको फागुन २७ र २८ गते सम्पन्न बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ। ‘बैठकले सङ्घीयताकाविरुद्ध यही चैत्र १० […]

लघुवित्त पीडितहरुद्वारा आन्दोलनको घोषणा

बुटवल । देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको संगठन लघुवित्तविरुद्ध संघर्ष समितिले बुटवलबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुटवलमा भेला भएका लघुवित्तबाट ठगिएकाहरूले लघुवित्तको ठगी बढेको गुनासो गर्दै लघुवित्त खारेजीको माग गर्दै बुटवलमा प्रदर्शन गरेका

युग पाठकले गरे ‘उत्स्रवण’ आन्दोलनको घोषणा

लेखक तथा राजनीतिक विश्लेषक युग पाठकले नयाँ आन्दोलन उत्स्रवण आन्दोलनको घोषणा गरेका छन्। झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध निर्वाचन लड्ने घोषणा गर्दै उनले शनिबार नयाँ...

जनमत पार्टी पार्टीद्वारा राष्ट्रपतिविरुद्ध आन्दोलन घोषणा

जनकपुरधाम – डा. सीके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलनको घोषणा गरेको छ। राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा लाखौँ नागरिकहरु नागरिकताको अधिकारबाट वञ्चित भएको हुँदा आन्दोलोन घोषणा गरेको अध्यक्ष राउतले बताएका छन्। जनमत पार्टीले असोज ९ र १० गते हरेक वडामा दसैंको शुभकामना दिँदै नागरिकता अधिकार खोसेको विषयबारे माइकिङ, असोज ११ देखि १८ […]

पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा

काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले ढुवानी भाडा वृद्धिको माग गर्दै फेरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । महासङ्घले तत्काल भाडा वृद्धि नभए २५ भदौबाट पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेको हो । बुधबार बसेको महासङ्घको बैठकले यस्तो निर्णय गरेको महासङ्घका अध्यक्ष खगेश्वर बोहोराले बताए । महासङ्घले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक […]

बारले प्रधानन्यायाधीश जबराविरुद्ध थप आन्दोलनको घोषणा गर्दै

काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै थप आन्दोलन घोषणाको तयारी गरेको छ । कार्यसमितिको बैठक बसेर आज (शुक्रबार) जबराविरुद्ध थप कार्यक्रम घोषणा गर्ने बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । नेपाल बारले गत मंगलबार चार दिनदेखि बसेको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठक टुङ्ग्याउँदै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो । […]

विभिन्न माग राख्दै पाँच विद्यार्थी संगठनद्वारा थप आन्दोलनको कार्यक्रम घोषणा

विभिन्न माग राख्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेको छ । सोमबार अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बागबजारमा बसेको पाँच विद्यार्थी संगठनको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो । नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल (छैटौँ) का अध्यक्ष विमल पोखरेलले संयुक्त प्रेस नोट जारी गरेर आन्दोलनका कार्यक्रमबारे जानकारी दिएका ह