रौतहट : जिल्लाको गुजरा नगरपालिकामा भवन बनेको तीन वर्ष भई सक्दा समेत प्रसूति गृह सञ्चालनमा आएको छैन। गुजरा नगरपालिका २ को कटानी बजारमा नेपाल सरकार, गुजरा नगरपालिका र नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको लगानीमा बनेको भवनमा प्रसूति सेवा सुरु नभएका कारण स्थानीयवासी सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता छ।तीन वर्षअघि भवन निर्माणको काम सकिएको भए पनि गुजरा नगरपालिकाले प्रसूति सेवा सञ्चालनका लागि अनुमति भएका कारण स्थानीयलाई प्रसूति गराउन चन्द्रनिगाहपुर र वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता छ।