राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै भेरी करिडोर सिंचाई विकास आयोजनाले पनि गति लिन थालेको छ। सुर्खेतको घोरेटा र सल्यानको देवस्थलदेखि सुर्खेतको घाटगाउँसम्मको एक सय ३५ किलोमिटर क्षेत्रमा सिंचाई, कृषि सडक र ग्रामिण विद्युतीकरण पुर्याउने उद्देश्यले भेरी करिडोर सिंचाई विकास आयोजना सुरु भएको हो।