सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएको छ । साताको पहिलो कारोबारको दिन आइतबार नै ५४ अंकले बढेको नेप्सेमा ४ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ५४.५८ अंकले बढ्दै २१ सय ९५.१० अंकमा उक्लिएको हो । यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ९.७२ अंकले बढ्दै ४१९.२० अंकमा उक्लिएको नेप्सेले जनाएको छ । १३ वटा उपसूचक मध्ये आज फाइन्स बाहेक सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक आज ४.५१ प्रतिशतले बढेको छ भने